
काेभिड-१९ काे उकुसमुकुसकाे लकडाउनमा गाेर्खालि श्रीमतिहरूले बेलायतमा भाेगेकाे पिडालाई पुस्तकका रूपमा लेखिका लिला सेलिङले लिपिवद्द गरिन् । संकटकाे समयमा परदेशिहरूकाे आश्रितकाे कथा, व्यथा समेटिएकाे ‘Memoirs of Gorkha Wife During Luckdown’ नामक संस्मरण पुस्तकबारे काठमाडाैमा विद्वान विदुषि पाठकहरूसंग एक अन्तरसम्वादकाे आयाेजना गरेर चर्चा गरियाे ।
याक्थुङ लेखक संघ काठमाडाैले आयाेजना गरेकाे अन्तरसम्बादमा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक र उपप्राध्यापक क्रमशः बालकृष्ण माबाेहाङ र प्राज्ञ अमर तुम्याहाङले सस्मरण पुस्तकबारे प्राज्ञिक तहबाट व्याख्या गरे । कवि चन्द्रविर तुम्वापाे, राजनितिज्ञ खगेन्द्र माखिमले पुस्तक लेखनमा नारी हस्ताक्षरले दिने सन्देशकाे विभिन्न आयामबारे चर्चा गरे । बेलायतमा गाेर्खालिहरूप्रतिकाे विभेदकारी दृष्टिकाेण, तल्लाे तहका वेलायति सेनाका श्रीमतिहरूलाई गरिने व्यवहार, छरिएर रहेका आफ्ना परिवारहरूसंगकाे सम्बादलाई पुस्तकमा जिवन्त रूपमा उल्लेख गरेका छन् ।
