पान्थरका निर्वाचितहरूलाइ बधाई ज्ञापन

  सुकमाया तुम्रुक

 पान्थर जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा, प्रदेशसभाका पत्यक्ष र समानुपातिक सभासदहरूलाई बधाई ज्ञापन गरेकाे छ । पान्थर समाज नेपालको १२औ वार्षिक साधारण सभाकाे अवसरमा निर्वाचित माननीयहरूलाई बधाई ज्ञापन गरेकाे हाे । काठमाडाैमा आयाेजित कार्यक्रमकाे प्रमुख अतिथि आयमेली कवि बैरागि काँईलाले सभासदहरूलाई बधाई ज्ञापन गर्दै भने : समुन्नत राष्ट्र निर्माणमा सभासदहरूकाे भूमिका नेतृत्वदायी, महत्वपूर्ण हुन सकाेस ।
पान्थरबाट नव निर्वाचित माननियहरु प्रतिनिधि सभा सदस्य मा. बसन्त कुमार नेम्बाङ, प्रदेस सभा सदस्यद्वय मा. इन्द्र बहादुर आङ्बो ( मौसम ), मा. कमल जबेगु, समानुपातिकतर्फ प्रदेस सभा सदस्य मा. मैया श्रेष्ठ र मा. प्रेमराज थाम्सुहाङ खदाद्वारा सम्मानित हुनुभएकाे थियाे ।
यस्तै गरेर पान्थर समाजकाे भवन निर्माणका लागि जग्गा दान गर्नु हुने दानबिर समाजसेवि पान्थर समाजका सदस्य दिल बहादुर लावतीलाई दोसल्ला ओडाई सम्मान गरिएको थियो |
संस्थाका सस्थापक सदस्य, आजीवन सदस्यहरुलाई सम्मान-पत्रले सम्मान गरिएको थियो । यसका साथै गायक, नृत्य र फोटोग्राफरलाई मायाको चिनोबाट सम्मानित भएका छन् ।
सस्थामा छात्रवृत्ति अक्षयकोष स्थापनाको लागि बिमला सिगुबाट रु १५,०००० ( एक लाख पाच  हजार) जय प्रकाश मावो रु. १५,०००० ( एक लाख पाच  हजार) प्रदान गर्नु हुने व्यक्तिहरुलाई सधन्यवाद सम्मान प्रदान गरिएको थियो |।
निर्वाचितहरुलाई सल्लाहकारद्वय तथा पुर्व मन्त्रिहरू डम्बरसिङ्ग सम्बाहाम्फे, दिपक प्रसाद बास्कोटा र संरक्षकको तर्फबाट भिष्मराज आङ्देम्बेले शुभकामना मन्तब्य राखेका थिए |

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार