यति एयरलाइन्सको विमान पोखरामा दुर्घटना…..

पोखरा, काठमाडौं — यति एयरलाइन्सको विमान आइतबार पोखरामा दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि बिहान उडेको यतिको एटिआर–७२ विमान अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनुअघि नयाँगाउँमा दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उक्त विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए । ७२ यात्रु क्षमताको एटीआर विमानमा कति यात्रु थिए र कति क्षति भएको छ भन्नेबारे यकिन भइसकेको छैन । स्थानीयहरूले दुर्घटनास्थलबाट आगो लागिरहेको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । अहिले घटनास्थलतर्फ हेलिकोप्टरमा उद्धार टोली जाँदै गरेको छ । जहाजमा चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेको पुष्टि । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार