युवा निराशाले कस्तो व्यवस्थातिर संकेत गरिरहेछ ?…..

काठमाडौँ –    कसैको हार वा जित तब हुन्छ, जब ऊ केहीसँग लड्छ । लड्ने के वा कोसँग ? सामान्यतः आममान्छे सम्बन्ध, सम्पत्ति, शक्ति र स्वास्थ्यका लागि लडिरहेको हुन्छ । पुँजीवादी व्यवस्थामा, सोलोडोलोमा भन्दा व्यक्ति तीन उद्देश्यका लागि लड्छ– सम्पत्ति जोगाउन वा कमाउन, सम्बन्ध जोगाउन वा बनाउन र शक्ति (सामाजिक वा राजनीतिक दुवै) आर्जन गर्न । यीमध्ये पनि मान्छेको लडाइँ घुमिफिरी प्रमुख रूपमा सम्पत्तिका लागि केन्द्रित हुन्छ । किनकि सम्बन्ध, शक्ति र स्वास्थ्य पनि यहाँ सम्पत्तिले निर्धारण गरिदिन्छ, गर्दै छ । जब यी चार चिज (सम्बन्ध, सम्पत्ति, शक्ति र स्वास्थ्य)मा धक्का लाग्छ, तब मान्छे निराश हुन पुग्छ । निराशा बढ्दै जाँदा व्यक्ति आफैँसँग हार खान्छ अर्थात् चुनौतीका पहाडका अगाडि आत्मसमर्पण गर्छ, यसका विभिन्न रूप हुन सक्छन् । हो, आत्मसमर्पण– यो शब्द लडाइँ वा युद्धबिना प्रयोगमै आउँदैन । युद्ध वा लडाइँ पनि विभिन्न रूपका हुन्छन् । सामान्यतः मान्छेको जीवन दुई घटनाबाट बढी प्रभावित हुन्छ– राजनीतिक र प्राकृतिक । मानव सभ्यता, संस्कृति र इतिहासको जग नै यी दुई घटना हुन् । प्राकृतिक शक्ति र घटनासँग आत्मसमर्पण गर्दा आस्था–विश्वास, मूल्य–मान्यता, देवीदेवता र धर्म जन्मियो । राजनीतिक शक्ति र घटनाक्रमका कारण विभिन्न राज्य र राज्य–व्यवस्था जन्मिए । हरेक व्यवस्थाका विधिविधान छन्, हुन्छन् । मान्छे कहिलेकाहीँ शासन व्यवस्थाका लागि लड्छ, हामी पनि पछिल्लो ८० वर्षको इतिहासमा व्यवस्था परिवर्तनकै लागि तीनपल्ट लड्यौँ, अझै पनि केही समुदाय, लिंग, वर्ग, क्षेत्रले सरकारसमक्ष विभिन्न माग राखी आफ्नो हकअधिकारका लागि संघर्षरत छ । कतिपयले विभिन्न माध्यमबाट राज्यव्यवस्था, सामाजिक व्यवस्थाविरुद्ध असन्तुष्टि र निराशा प्रकट गरिरहेका छन् । शारीरिक र मानसिक हिंसा, आत्महिंसाका रूपमा पनि व्यक्तिका निराशा प्रकट भइरहेका छन् । खैर, आज हामीकहाँ कस्तो व्यवस्था छ, जुन व्यवस्थाका कारण आममानिस (खासगरी युवा) चरम निराशामा छन् ? यो प्रश्नमा हामीले बहस थाल्नैपर्छ । हिजो इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गरे, आज उपचारका क्रममा उनको जान गयो । आत्मदाह गर्नुअघि उनले आफ्नो संघर्षको कथा, व्यापार–व्यवसायमा भोगेका अप्ठेरा र केही माग सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । उनीप्रति हार्दिक श्रद्धाञ्जली । उनको आत्मदाहले आज नेपाली समाज स्तब्ध छ । उनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको आफ्नो कथा–व्यथा र मागहरूले राज्य संयन्त्र, राज्यका नियम कानुन र सरकारलाई झट्का दिएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार