सिंहदरबारमा कांग्रेस बैठक बस्दै…..

काठमाडौँ । राष्ट्रियसभा उपाध्यक्ष चयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रतिपक्ष दलहरूको बैठक आज ११ बजेका लागि बोलाएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा प्रतिपक्ष दलहरूको बैठक आव्हान गरिएको प्रवक्ता प्रकाश शरण महतले जानकारी दिए । नेकपा एमालेका उम्मेदवारलाई सर्वसम्मत हुन नदिने सोचमा रहेको कांग्रेसले बिहीबार राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको थियो । लामो समय देखी रिक्त राष्ट्रिय सभाका उपाध्यक्ष २३ माघमा गर्ने सङ्घीय संसद् सचिवालयले यसअघि नै जानकारी गराइसकेको छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखमा पनि उम्मेदवारी दिएर सर्वसम्मत हुन नदिएको कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पनि सर्वसम्मत हुन नदिनका लागि उम्मेदवारी दर्ता गराउन लागेको हो । तर, उपाध्यक्षको उम्मेदवार को हुने भन्ने अझै निक्र्यौलमा कांग्रेस भने पुगिसकेको छैन । सत्तारुढ दलले पनि यसबारेमा निर्णय लिइसकेका छैन । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार