मिडियामाथि खनिए सभापति रवि लामिछाने…..

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश मिडियाले नभएर नेताले चलाउने भन्दै काठमाडौंमा सञ्चालित प्रमुख मिडियाप्रति आक्रोश पोखेका छन् । उनले कतिपय मिडियाको नाम नै किटान गरेर नानाभाँती आरोप लगाएका छन् । आइतबार सरकारबाट बाहिरिने निर्णय गर्दै उनले आफूप्रति मिडियाहरू प्रायोजित रूपमा लागेको आरोप लगाए । ‘देश नेताले चलाउने हो मिडियाले हैन,’ लामिछानेले भने । यस्तै उनले कतिपय मिडियाका सञ्चालकको नाम किटान गर्दै चुनावी प्रतिस्पर्धामा आउन पनि चुनौती दिए । साथै, मिडियाको एक पक्षीय प्रहारका कारण नै अदालतले आफू विरुद्धको मुद्दाको छिटो सुनुवाइ भएको आरोप लगाउँदै उनले भने- ‘अदालतमा कति मुद्दाको चाङ छ होला तर मेरै मुद्दा अगाडि सुनुवाइ किन भयो ? मेरै मुद्दा छिन्नका लागि लाइन मिचियो । खैर ठीक छ म त्यसलाई स्वीकार गर्छु । यस्तै, देश बिग्रनुमा पनि प्रमुख भनिएका मिडियाको हात रहेको लामिछानेले पत्रकार सम्मेलनमा आरोप लगाए । यस क्रममा लामिछानेले आफूले जनताको भलाइका लागि काम गरिरहँदा मिडियाले भने आफूलाई पाखा लगाउनमा मात्रै केन्द्रित रहेको आरोप सम्मेलन भर दोहोर्‍याइ रहे । लामिछानेले पत्रकार सम्मेलनको सुरुमै आफू ‘मिडिया इथिक्स’ र ‘कन्फ्लिक्ट अफ इन्टरेस्ट’बारे बोल्ने भन्दै मिडियामाथि आरोप लगाएका थिए ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार