टर्कीमा ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प…..

काठमाडौँ — ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको दुई सातपछि टर्कीमा पुन: शक्तिशाली भूकम्प गएको छ । दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर सोमबार ६‌.३ म्याग्नेच्युडको भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । भूकम्पमा परी सैयौं घाइते भएको टर्कीको विपद् तथा आकस्मिक व्यवस्थापन संस्था एएफएडीले जनाएको छ । टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् । भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । टर्की र सिरियाका अधिकारीका अनुसार दुई साताअघि गएको ७.८ म्याग्नेच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार