विदेशमा मृत्यु भएकाले पनि यसरी ठगिन्छन्…..

काठमाडौँ । वैदेशिक रोजगारीमा हुँदा मृत्यु भएमा त्यसको विवरण गोप्य राखिन्छ । जो कोहीले मृतकको विवरण पाउँदैनन् । यतिसम्म कि मृतकको आफन्त तथा नातेदार बाहेक कसैलाई पनि शव कहिले नेपाल ल्याइँदैछ भन्ने जानकारी समेत दिइँदैन् । तर, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट भने त्यो सूचना बाहिर पुग्ने गरेको देखियो । त्यसका लागि मेनपावर व्यवसायीदेखि गाउँ गाउँमा रहेका उनीहरूका दलालसम्म परिचालन हुने गरेका छन् । त्यस्तै बोर्डकै कर्मचारी समेत संलग्न देखिएका छन् । हालैका एक घटनाले ठगहरू पैसा भनेपछि कतिसम्म गिर्दा रहेछन् भन्ने प्रष्ट देखाएको छ । अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीमा मृत्यु भएकाहरूले पाउने बीमामा समेत ठगी गर्ने गिरोहका ८ जनालाई पक्राउ गरेको थियो । त्यसपछि बोर्डले समेत बीमामा समेत ठगी हुने गरेको रहस्य पाएको थियो । त्यसका लागि विभागकै कम्प्युटर अपरेटर पशुपति अधिकारीको संलग्नता देखिएको थियो । उनले कम्प्युटरमा पहुँच पुर्‍याएर विदेशबाट कसको शव आउँदैछ ? कुन ठाउँको हो ? भन्ने लगायतका सूचना एजेन्टलाई दिने गरेका रहेछन् । उनको फोनबाट त्यस्तो खालको सूचना ट्रान्सफर भएको पाइएको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले यसरी बीमाको रकममा पनि ठगी भएको आफूले पहिलो पटक सुनेको बताए । पक्राउ परेका अधिकारी यसअघि वैदेशिक रोजगार विभागमा थिए । विभागबाट करिब एक महिना अगाडि मात्रै बोर्डमा सरुवा भएका थिए । छोटो समयमा नै उनले दलालहरूसँग सम्बन्ध स्थापित नगरेको भई विगतको सम्बन्धको आधारमा यस्तो गरेको देखिएको उनको भनाई छ । विभागमा पनि केही समय निलम्बनमा परेका थिए । उनले दलालहरूलाई शव आउन लागेको बारे सूचना दिएपछि दलालहरूले मृतकका आफन्तलाई पछ्याउन पुगे । उनीहरूले बोर्ड र बीमाबाट केही पनि नपाउने तर, आफूले केही आर्थिक सहयोग मिलाईदिने भन्दै प्रलोभनमा पार्ने देखिएको कार्यकारी निर्देशक उप्रेतीको भनाई छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार