बालकोटमा ओलीसँग छलफल गर्दै प्रचण्ड र देउवा…..

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा बालकोट जाने भएका छन् । दुई नेता सोमबार बिहान ९ बजे ओली निवास बालकोट जान लागेका हुन् । अस्वस्थ भई बालकोटमै आराम गरिरहेका ओलीलाई भेट्न र वर्तमान समसामयिक अवस्थाबारे छलफल गर्न दुई नेता बालकोट जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयले ओलीको स्वास्थ्यमा समस्या भएकाले संबैधानिक परिषद् सम्बन्धी र सत्यनिरूपण तथा मेलमिलाप र वेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउनेबारे छलफल केही दिनयता अवरुद्ध हुँदै आएको जनाएको छ । सचिवालयले आज भने ओली निवास बालकोट पुगेर स्वास्थ्य लाभको कामना गर्दै दुई नेताले संसदमा विधेयक अगाडि बढाउन समझदारीको लागि छलफल गर्ने कार्यसूची रहेको जनाएको छ । आइतबार पनि बालकोटमा छलफल हुने भनिएपनि प्रचण्ड र देउवा नजाँदा छलफल स्थगित भएको थियो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार