टोपबहादुरसहित ४ जना मुख्य योजनाकार…..

काठमाडौं – बालकृष्ण खाण २०७८ पुस २९ मा गृहमन्त्री भए । २०७९ पुस ११ सम्म गृहको नेतृत्वमा रहेका खाणसँग भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्ने गिरोहले मन्त्रालयमा नै भेटेर ‘मिटिङ’ गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बालकृष्णलाई गिरोहले दोस्रो चरणमा जोडेका थिए । पहिलो चरणको प्रक्रियामा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री थिए । बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, छोरा प्रतीक थापा र नेकपा एमालेका सचिव (हाल निलम्बन) टोपबहादुर रायमाझी मार्फत नै काम भइरहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । शरणार्थीको नाममा ठगी धन्दा चलाउने मुख्य योजनाकार टोपबहादुर रायमाझी, ‘बादल’का सुरक्षा सल्लाहकार डा. राई, मोरङ घर भएका केशव दुलाल र ललितपुर घर भएका सानु भण्डारी हुन् । सानु भण्डारी नेपाल स्याटेलाइट कम्पनीमा काम गरिरहेका थिए । ललितपुर महानगरपालिका–२३ मा बस्छन् सानु भण्डारी । पूर्व उप–प्रधानमन्त्री रायमाझी पनि सानुको घर नजिकै बस्छन् । भण्डारीले रायमाझीलाई ‘मामा’ सम्बोधन गर्छन् । मोरङका केशव दुलालसँग चिनजान भएपछि आफूलाई ‘भुटानी शरणार्थी सम्बन्धी प्रोजेक्टमा लगानी गरौं’ भनेर प्रस्ताव आएको भण्डारीले जिल्ला सरकारी वकिल कार्यालयमा बयान दिएका छन् । भण्डारीले भनेका छन्,‘मसँग केही पैसा थियो, लगानी गरेर काम शुरु गरेका हौँ । टोपबहादुर रायमाझीले नै केशव दुलाल र सानु भण्डारीलाई डा. इन्द्रजित राईसँग चिनजान गराएर काम अघि बढाउन भनेको अनुसन्धानबाट थाहा भएको छ । इन्द्रजितले धन्दामा ‘बादल’का छोरा प्रतीक थापालाई सहभागी गराए ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार