नक्कली भुटानी शरणार्थी प्रकरणका जाहेरीकर्ता…..

काठमाडौँ – नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र कांग्रेसका नेता बालकृष्ण खाँणसहितका हाइप्रोफाइल मुछिए । सो प्रकरणमा प्रहरीमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए । त्यसपछि रामकुमार रेग्मी, रोशन खरेल, गोकुल भट्टराई, सुमन दाहाल, कुमार खड्का, प्रदीप फुँयाल, मिलन श्रेष्ठ, रवीन्द्र कार्की, दिलिप गौतम, खगेन्द्र थेवे, भुवन सिंह लिम्बुले पनि छुट्टाछुट्टै तथा सामूहिक जाहेरी दिए । यसैगरी डिलबहादुर कुसारी, डम्बरबहादुर खत्री, पद सिंह खत्री, शाभाराम राना क्षेत्री, सन्दीप वली, शुष्मा चन्द, मनबहादुर खत्री, भेषराज शर्मा, समिर सिवाकोटी, रोशन सिवाकाटी, सन्तोष भट्टराई, प्रेम राज पन्थी, डम्बरबहादुर खत्री, पेम्बा शेर्पाले जाहेरी दरखास्त दिएका थिए । यस्तै सुनिता गौतम, प्रितम शर्मा र यमबहादुर परियारले समेत यो प्रकरणमा निवेदन दिएका छन् । यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरु जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् । आज दायर मुद्दामा मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक कुमार गुरुङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाँण, आङटावा शेर्पा, शमशेर मिया, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरु सबै प्रहरीको हिरासतमै रहेका छन् । यस्तै फरार रहेकाहरु लक्ष्मी महर्जन, अशोक पोखरेल, दिपा हुमागाञी, निरज राई, राजेश अर्याल, मोहनराज राई, आशिष बुढाथोकी, बिनिता सावदेन लिम्बु, निरञ्जनकुमार खरेल, सुनिल बुढाथोकी र प्रतिक थापालाई पनि प्रतिवादी बनाइएको छ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार