बोल्नै मानेनन्, केही कुरा खोलेनन्…..

काठमाडौँ –  नक्कली शरणार्थी प्रकरणका मुख्य अभियुक्त भनिएका डा.इन्द्रजित राईले कुटिल र चलाखीपूर्ण ढंगले आफ्नो बयान दिएका छन् । उनले प्रतिवादीमध्ये केशवप्रसाद दुलालबाहेक अरू कसैलाई नचिनेको दाबी गरेका छन् ।
अरू आरोपीले राईलाई करोडौँ बुझाएको बयान दिँदा राईले भने आफूले शरणार्थी प्रकरणमा कसैको पैसा नखाएको र यसबारे कतै कारोबार भएको गरेको भए प्रमाण ल्याउन समेत चुनौती दिएका छन् । ‘प्रतिवादी सानु भण्डारी कार्यालयमा १–२ पटक आउनुभाको थियो र उहाँसँग १ पटक एउटा व्यक्ति केशव दुलाल पनि आउनुभाको थियो । निजहरूको विषय भुटानी शरणार्थी सम्बन्धमा म सँग १ दुई पटक टेलिफोनद्वारा मलाई सोध्नुहुन्थ्यो’, उनले बयानमा भनेका छन्, ‘मैले उहाँहरूलाई यस विषयमा मेरो केही जानकारी छैन भनेर जवाफ दिएको थिएँ । सानु भण्डारी बाहेक अरू कसैलाई म चिन्दिन । उनले गृह मन्त्रालयमा कार्यरत हुँदा दिनमा धेरै मान्छेहरुसँग विभिन्न विषयहरूमा कार्यालयसम्बन्धी कुराकानी हुने गरेको बताएका छन् । सोही क्रममा उनीहरूले भुटानी शरणार्थीको बारेमा के हुँदै छ भनी जानकारी लिन खोजेको उनको भनाइ छ । मैले केही थाहा नभएको र यस विषयमा मैले केही सूचना नदिएको हो । तत्पश्चात निज सानु भण्डारीसँग मेरो फोनमा तथा सामाजिक सञ्जालमा कुराकानी भएको हुनसक्छ, कति पटक कुरा भयो भन्ने मलाई याद भएन तर भुटानी शरणार्थीको विषयमा केही कुराकानी भएको छैन’, बयानका क्रममा उनले भनेका छन्, ‘केशवप्रसाद दुलालसँग मेरो कुराकानी भएको छ–छैन मलाई याद भएन । म तत्कालीन गृहमन्त्री रामबहादुर थापा गृहमन्त्री भएको ३ महिना पछि लगभग २०७६ असारदेखि कार्यरत रहेको र उक्त सरकार बहाल रहुन्जेलसम्म कार्यरत रहेको हुँ ।’ सो अवस्थामा आफू विशिष्ट श्रेणीमा सुरक्षा सल्लाहकारको रूपमा कार्यरत रहेको पनि उनको भनाइ छ । उनले आफूमाथिको सम्पूर्ण आरोप असत्य भएको दाबी गर्दै भनेका छन्, ‘निजले भनेको आरोप सिद्ध प्रमाणित भएमा सजायको भागिदार हुने छु ।’ उनले थापाथलीको आँगन होटेलमा सानु भण्डारीसँग कहिल्यै पनि भेट नभएको दाबी समेत गरेका छन् । उनले प्रेम राई यो प्रकरणमा संलग्न नरहेको जिकिर समेत गरेका छन् । उनले आफूले घर ऋणमा खरिद गरेको दाबी गर्दै भनेका छन्, ‘उक्त घर मेरो श्रीमती भुवन देवी राईको नाममा मेघा बैङ्क त्रिपुरेश्वरबाट ऋण लिई खरिद गरेको हो । उक्त घर सुमिता केसीबाट विगत २ वर्ष अगाडि तिर खरिद गरेको हुँ, खरिद गरेको विवरण बैंकबाट जानकारी लिन सकिन्छ । मैले उक्त घर खरिद गर्दाको अवस्थामा घर धनीलाई नै रकम दिएको भन्ने कुरा झुट्ठा हो । बरु उनले उल्टै आरोपितले लगाएको सबै आरोपहरू तथ्यहीन र प्रमाण विहीन भएको दाबी गरेका छन् । ‘यो आरोप पनि उसले आफ्नो बयानमा भनेको कुराहरू हो र उसैको डायरीमा पाइएको कुराहरू हो । जसको सत्यता माथि सिधा प्रश्न उठ्छ र यो मनगढन्ते, कपोकल्पित आरोप हो । आरोप प्रमाणित भएमा सजायको भागिदार हुने छु । उनले एक करोड पचास लाख र २ करोड गरी जम्मा तीन करोड पचास लाख लिएको सम्बन्धमा बैङ्कमा चेक साटिएको छ या छैन भन्नेबारे बुझ्न समेत आग्रह गरेका छन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार