मैले हात उठाउन बाँकी छ…..

काठमाडौँ –    शरणार्थी प्रकरणमा जेठ २१ मा सुरु भएको थुनछेक बहस अझै पूरा भएको छैन । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले मंगलबारसम्ममा अभियुक्तका तर्फबाट बहस पूरा गर्न समय दिएका थिए । तर, दिनभर बहस गर्दा पनि पूर्व गृहमन्त्री बालकृष्ण खाणतर्फका कानुन व्यवसायीको बहस पूरा भएन । साँझ ६ बज्दासम्म बहस नसकिएपछि लयर्स पोडियममा उभिएर नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले न्यायाधीशलाई भने, ‘श्रीमान् हाम्रो सकिएको छैन । न्यायाधीश न्यौपानेले आश्चर्य मान्दै सोधे, ‘तपाईहरुको सकिएन र ? कोही बाँकी हुनुहुन्छ भने नाम टिपाउनुस् । बारका अध्यक्षलाई साथ दिन पूर्व महान्यायाधिवक्ता खम्म बहादुर खातीसहित कांग्रेस निकट वकिलहरु लयर्स पोडियम अघिल्तिर उभिएर थप समय दिनुपर्ने अडान राखेका छन् । पूर्व महान्यायाधिवक्ता खातीले भने, ‘विषयवस्तु दोहोरिएमा श्रीमानले रुलिङ गर्दा हुन्छ तर, समय अपुग भयो । अनि, न्यायाधीशले भने, ‘मैले अब हात उठाउन बाँकी रह्यो, अदालत निरीह जस्तो भएको छ । अध्यक्ष घिमिरे र पूर्व महान्यायाधिवक्ता खातीले खाणको तर्फबाट अहिलेसम्म आएका विषय नदोहो¥याई बहस गर्ने बचनबद्धता गरेपछि न्यायाधीशले भने, ‘मलाई थाहा छ, विषय तिनै हुन्, दोहोरिन्छ ।  वरिष्ठ अधिवक्ता खातीले न्यायाधीशलाई कन्भिन्स गर्दै भने, ‘नयाँ विषय नआउँदा रुलिङ गर्नुस् श्रीमान्, बुधवार चिया समय अगाडि हामी सक्छौं । न्यायाधीशले सुरुमा बुधबार १ घण्टामा सक्नेगरी समय दिँदै भने, ‘तपाईहरुको विज्ञता म भोलि हेर्छु ।’ तर, घिमिरे र खातीले नमानेपछि न्यायाधीशले भने, ‘मैले हारेँ ।  साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार