कांग्रेस समेतको सहमतिमा समाजवादी मोर्चा…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरु मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले यस्तो मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।  यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।’ उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताए । ‘हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं । लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं,’ प्रधानमन्त्री दाहालले भने । उनले उपेन्द्र यादवको अनिच्छाका कारण बाबुराम भट्टराई तत्काल मोर्चामा सहभागी नभएको जानकारी दिए । ‘बाबुरामजी र हामी पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिह्नबाट लड्ने अनि पार्टी पनि एउटै बनाउने, नेकपा समाजवादी केन्द्रमा जाने भन्ने सैद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको हो । अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन । त्यसकारण, मोर्चाका कतिपय साथीहरुले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्‍यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो,’ उनले भने । उपेन्द्र यादवबाट भर्खरै बाहिरिएकाले बाबुराम भट्टराईलाई असहज भएको उनले उल्लेख गरे । ‘अब, भर्खरै उहाँ जनता समाजवादी पार्टीबाट अलग हुनुभएको हो । उहाँ जनता समाजवादी पार्टीको नेता हुनुहुन्थ्यो । बढो तीतोसँग उपेन्द्रजी र बाबुरामजीको सम्बन्धविच्छेद भयो । त्यो भर्खरै सम्बन्धविच्छेद भएका हुनाले उपेन्द्रजीलाई अलिकति बढी नै असहज भयो । फेरि एउटै मोर्चामा बस्न निकै असहज भयो । मैले चाहिँ बाबुरामजीलाई राखौं, भोलि पार्टी एकता भएपछि त एकता भई नै हाल्छ भनेको थिएँ,’ प्रधानमन्त्री दाहालले भने । उनले विचार मिल्नेहरुको एकताको बारेमा अहिले कांग्रेस नेताहरुले पनि आग्रह गरेको उनले उल्लेख गरेका छन् । प्रधानमन्त्री दाहालले हालै गरेको भारत भ्रमणका विषयमा उठेका प्रश्न, बजेटमा निश्चित जिल्लाहरुमा मात्र बजेट विनियोजन गरेको, भारत भ्रमणको केही घण्टाअघि राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको लगायतका विषयमा स्पष्ट गरेका छन् । उनले भारत भ्रमणका क्रममा नेपालीको शीर उँचो राख्ने गरी काम गरेर आएको र अब निकट भविष्यमा चीन र अमेरिकाको भ्रमण गर्नेसम्म जानकारी दिए । उनले एमसीसी परियोजनाका काम अघि बढ्ने, रेशम चौधरीलाई आममाफी दिनेदेखि सत्त्यनिरुपण तथा मेलमिलाप आयोगसम्बन्धी काम पनि अब अघि बढ्ने बताए । उनले आफ्नो प्रधानमन्त्रीको कार्यकाल कति समय हुन्छ भन्नेमा स्पष्ट भनेनन् तर सहमतिअनुसार आफू अघि बढ्ने बताए । साभार : इका

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार