अध्यक्ष ओली र अमेरिकी सहायक विदेशमन्त्री बीच भेट…..

काठमाडौँ — नेपाल भ्रमणमा रहेका दक्षिण र मध्य एसिया मामिला सम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को परियोजना कार्यान्वयन हुँदै गरेको भन्दै सम्झौताका लागि धन्यवाद व्यक्त गरेका छन् । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्दै सहायक विदेशमन्त्री लुले परियोजना कार्यान्वयनमा जान लागेको जानकारी गराएका थिए । लु शिष्टाचार भेटका लागि आउनु भएको थियो । उहाँले एमसीसी परियोजना कार्यान्वयनमा जान लागेको भन्दै त्यसका लागि धन्यवाद व्यक्त गर्नुभयो,’ एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले भने, ‘हाम्रो तर्फबाट पनि धन्यवाद व्यक्त गरियो । भेटमा एमाले उपमहासचिव विष्णु रिमाल, एमाले विदेश विभागका प्रमुख भट्टराई र सचिव अन्जान शाक्य पनि सहभागी थिए ।  यसअघि नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री लुले कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायणप्रसाद साउदसँग भेट गरेका थिए । लु एक दिने भ्रमणमा नेपाल आएका हुन् । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार