अभियुक्तको नाममा ललिता निवासमा डेढ रोपनी जग्गा…..

काठमाडौँ — नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रचिएको अपराधमा मुछिएका ५९ वर्षीय केशव तुलाधर ललिता निवास जग्गा घोटाला प्रकरणमा पनि संलग्न रहेको खुलेको छ । उनी र उनका परिवारका नाममा ललिता निवास परिसरमा १ रोपनी ९ आना जग्गा भेटिएको हो । काठमाडौं नयाबजार (खुसिवु) क्षेत्रका उनले भूमाफिया र बिचौलियास“ग मिलेर ललिता निवासको करीब जग्गा हात पारेको हुनसक्ने भएर अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएाके छ । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । आइतबार जिल्ला अदालत काठमाडौंले तुलाधरलाई १५ लाख धरौटीमा छाड्न आदेश दिएलगत्तै ललिता निवास प्रकरणमा ब्यूरोले पक्राउ गरेको हो । भुटानी शरणार्थी प्रकरणमा किर्ते, ठगी, संगठित अपराध र राज्य विरुद्धको अपराध गरी ४ वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा तुलाधर फरार थिए । उनी फरार रहेकै अवस्थामा जिल्ला अदालत काठमाडौंले पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण र नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित १६ जनालाई पुर्पक्षका क्रममा थुनामा पठाएको थियो । बाँकी २ जनालाई धरौटीमा छाडेको थियो । तर, तुलाधर फरार थिए । फरार अवस्थामै पक्राउ परेका उनलाई प्रहरीले अदालतमा उपस्थित गराएकोमा शुक्रबार धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएर रिहा लगत्तै उनी ललिता निवास प्रकरणमा समातिएका हुन् । स्रोतका अनुसार तुलाधरले भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङबाट २०६४ साउन ६ मा ५ आना १ पैसा र उनकी पत्नी कल्पना तुलाधरले गुरुङकी पत्नी सरला घलेबाट २०७१ साउन ६ मा १ रोपनी ४ आना किनेको देखिन्छ । ब्यूरोका एसएसपी दिनेश आचार्यले जग्गा संकास्पद रुपमा आएको देखिएको आरोपितलाई पक्राउ गरिएको बताए । प्राप्त विवरण अनुसार यो जग्गा नक्कली मोही नारायण महर्जन र हेरामाया महर्जनबाट भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीको परिवार हुदै मिनबहादुर गुरुङका नाममा पुगेको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार