प्रधानमन्त्री दाहाल इटाली प्रस्थान…..

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् । साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री दाहाल शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल छन् । प्रधानमन्त्री दाहाललाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् ।   साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार