अदालतको अन्तिम फैसला पर्खनुपर्छ…..

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद (एनपी) ले भुटानी शरणार्थी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म थुनामा रहेका नेतालाई कारबाही गर्न नहुने बताएका छन् । केन्द्रीय कार्य समितिको बैठकमा बोल्दै साउदले कांग्रेस नेता बालकृष्ण खाणलाई लक्षित गर्दै अनुसन्धानमा सघाउँदै आएको व्यक्तिलाई कारबाही गरे पार्टीको हित नहुने बताए । बैठकमा भुटानी शरणार्थी प्रकरणको चर्चा गर्ने क्रममा साउदले अनुसन्धानलाई पार्टीले पनि सघाउनु पर्ने बताएका थिए । अनुसन्धानलाई पार्टीले सहयोग गर्नुपर्छ । अदालतको निर्णय पर्खिनुपर्छ । अदालतको प्रक्रिया नपर्खीकन हामीले हतारमा एक/दुई वा तीन जनालाई कारबाही गर्ने विषय होइन,’ उनले भने ‘बाहिर आएको आधार वा पत्रपत्रिकाले केही मानिसको बारेमा लेखेको आधारमा कारबाही गर्दा पार्टीको हित गर्दैन । कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका छन् । बैठकमा साउदले भनेका छन्, ‘कहिलेकाहीँ घटनाहरु, अपराधहरु यस्ता हुन्छन् प्रत्यक्षपूर्ण प्रमाण हुन्छ । कहीँ घुस खाएको फोटो आयो वा कसैलाई प्रत्यक्ष रुपमा भेटियो भने वा ज्यानमारा भयो, मुद्दा नै चल्यो । बलात्कारको केसमा केही गर्‍यो भने त्यहीँनेर निकालिदिए हुन्छ । तर केही केसहरु अनुसन्धान हुन्छ । कोही छानबिनको प्रक्रियाबाट भाग्यो भने पनि तत्काल निकालिदिए हुन्छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार