रेडी ट्रेडको गोदाममा राजस्व अनुसन्धान विभागको छापा…..

काठमाडौँ — राजस्व अनुसन्धान विभागको विशेष टोलीले पक्राउ परेकाहरुको बयानका आधारमा रेडी ट्रेड प्रालिको सोह्रखुट्टेस्थित गोदाममा बुधबार छापा मारेको छ । टोलीले छापा मारेर केही सामान लगेको छ । तत्काल कुनै अवैध वस्तु भने फेला नपरेको राजस्व स्रातले बतायो । विभाग स्रोतका अनुसार बयानकै आधारमा सुन तस्करीका खास अभियुक्त पत्ता लगाउने रणननीति अपनाइएको छ । बयानकै आधारमा आज नुवाकोटका सुरेन्द्र तामाङ पक्राउ परेका छन् । उनीसँगै सुनकाण्डमा पक्राउ पर्नेहरु १७ जना पुगेका छन् । तामाङले सुन तस्करी गतिविधिमा संलग्न भएको शंका पक्राउ गरेको हो । बयानका क्रममा पक्राउ परेकामध्येले तामाङको नाम लिएपछि पक्राउ गरेको स्रोतले बतायो । विभागले गठन गरेको तीन जना निर्देशकसहितको टोलीले बिहान १० बजेदेखि बेलुकी कार्यालय समयसम्म बयानलाई केन्द्रित गरेको छ । राजस्व अनुसन्धान विभागले रेडी ट्रेडर्स प्रालि, दोलखा इलेक्ट्रोनिक प्रयोग गरेर आयात गरेको ६ पोका सामान जाँच गरेर फिर्ता गरेको छ । सुन हुन सक्ने शंका लगेको उक्त सामानमा कैफियत नभेटिएको स्रोतले बतायो । चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनी, ताइवानको तालमड कम्पनी र चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएका सामान नेपालको रेडी ट्रेड कम्पनीका नाममा आउने गरेको देखिएको छ । पछिल्लो दुई महिनामा मात्रै रेडीले यी कम्पनीमार्फत १ हजार ९ सय ९७ केजी बराबरका सामान भित्र्याएको थियो । रेडीकै नाममा असार २९ मा क्याथे प्यासिफिकको कार्गोमा आएको ३६ कार्टुनमध्ये ८ वटा भन्सार जाँच पास भएर बाहिरिएपछि गत २ गते राजस्व अनुसन्धान विभागले सिनामंगल–गैरीगाउॅ सडकबाट बरामद गरेको थियो । राजस्वले रेडी ट्रेडलाई बढी केन्द्रित गरेर अनुसनधान गरिरहेको छ । उक्त ट्रेड सामान्य व्यक्तिको नाममा भएको कसैको उक्साहटमा कम्पनी खोलेको शंका गरिएको छ । ट्रेड दोलखाका विपन्न परिवारका भुजेल परिवारका सदस्य दिलीप भुजेल छन् । त्यसैले पनि कम्पनी कसैले अवैध धन्दा गर्न खोल्न लगाएको अनुसन्धनानको प्रारम्भिक बुझाई रहेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार