दोस्रो चरणको बैठक पनि बिनानिष्कर्ष…..

काठमाडौँ — संसद्‍ अवरोध खुलाउने सम्बन्धमा शीर्ष नेताहरूबीच सोमबार बसेको दोस्रो चरणको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ । बिहान बसेको बैठकमा सहमति नजुटेपछि साढे ३ बजेपछि अर्को चरणको बैठक डाकिएको थियो । तर नेताहरूबीच सहमति हुन नसक्दा मंगलबार बिहान १० बजे अर्को बैठक बस्ने भन्दै सोमबारको बैठक टुंगिएको हो । यद्यपि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने संसद्‍को अवरोध खुलाउने विषयमा सबै सहमत रहेको र सकारात्मक रुपमा छलफल बढेको प्रतिक्रिया दिएका थिए । नेकपा एमालेका नेताहरूले भने सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गरिरहेका छन् । एमालेका सचेतक महेश बर्तौलाले भने सरकारको अडानका कारण बैठक रोकिएको प्रतिक्रिया दिएका छन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै बर्तौलाले भने, ‘सदन चलाउने कुरामा हामी सहमत छौं । तर सरकारले छानबिन समिति गठन गर्ने कुरामा तयार देखिएन । हाम्रो कारणले नभएर सरकारकै आग्रहका कारण आजको बैठक रोकिएको छ । हामीले छानबिन समितिले सरकारलाई सहयोग नै पुग्छ भनेर भनिरहँदा सरकार तयार भएन ।’ मंगलबार दिउँसो ३ बजे भने संसद्‍ बैठक आह्वान गरिएको छ । साभार : इका

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार