कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगायो…..

म्याग्दी — मुस्ताङको कागबेनीमा बाढीले प्रहरीचौकीसहित १० घर बगाएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले दिएको जानकारी अनुसार वारागुङमुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथबाट झर्ने कागखोलामा आएको बाढी तल कागबेनी बस्तीमा छिरेपछि १० वटा घर/होटल, प्रहरी चौकी, जोमसाोम–कोरोरा सडकको पक्की पुल, एउटा झोलुङ्गे पुल, २ वटा गाडी र तीन वटा विद्ययुतीय पोल बगाएको छ । त्यसैगरी बाढीले कागबेनीस्थित धर्मशाला पुरेको छ । मनसुनमा पनि पानी नपर्ने छायाँवृष्टि भएको मुस्ताङमा दुई दिनदेखि लगातार झरी परेपछि मुक्तिनाथदेखि केही तल झोङको पहिरो कागखोलामा मिसिएपछि बाढी आएको हो । आइतबार साँझदेखि स्थानीय ठाडो कागखोलामा आएको बाढीले कागबेनी बस्तीमा बाढीले वितण्डै मच्चाएको छ । बाढीपहिरोले सडकमार्ग धेरै स्थानमा बिग्रेकोले हामी जोमसोमबाट कागवेनीतर्फ पैदल हिँडेका छौं । घटनास्थल पुगेर थप विवरण संकलन हुन्छ,’ जिल्ला प्रशासन कार्यालय मुस्ताङका प्रजिअ अनुप केसीले भने, ‘स्थानीय, प्रहरी र त्यहाँ पुगेका पर्यटकहरु रातभर सुरक्षित स्थलमा आकासमुनी रात बिताएका छन । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार