‘रुट’ फेरेर उत्तरी नाकाबाट सुन तस्करी…..

दोलखा, काठमाडौं — चिनियाँ तस्करले प्रशासनको कमजोर उपस्थिति भएका उत्तरी नाकाबाट सुन तस्करी थालेका छन् । सुरक्षा उपस्थिति नभएका उत्तरका नाकाबाट स्थानीय बासिन्दालाई संलग्न गराएर तस्करीको सुन नेपाल भित्र्याएको पुष्टि भएको हो । दोलखाको बिगु गाउँपालिका–१ मा पर्ने चीनको रोङजिया नाका हुँदै भित्रिएको चार केजी सुनसहित बुधबार एकै गाउँका पाँच जना पक्राउ गरेपछि तस्करीको नयाँ रुटबारे खुलेको हो । सूचनाका आधारमा बिगु–३ जामुनेमा सीता तामाङको घरमा डेरा बस्ने बिगु–१ लामाबगरका २८ वर्षीय केशर तामाङको कोठाबाट ४ केजी सुन प्रहरीले बरामद गरेको थियो । त्यसकै आधारमा बुधबार राति ३ र बिहीबार दिउँसो २ जना गरी ५ जना पक्राउ परेका छन् । तस्करीमा संलग्न आरोपमा तामाङसहित बिगु–१ लामाबगरकै १८ वर्षीय पेम्बा तामाङ, २० वर्षीय माधव मगर, लामाबगरकै ५५ वर्षीय नुर्वछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई पक्राउ गरिएको हो । पेम्बा र माधवले उक्त सुन नेपाल–चीन सीमा रोङजियाबाट ल्याएको प्रहरीलाई बयान दिएका छन् । उक्त सुन पेम्बाले केशरलाई दिएको खुलको छ । सुन काठमाडौं लैजान नुर्व र सुनमाला चरिकोट आएका थिए । लामाबगरबाट रोङजिया नाका पुग्न एक दिन हिँड्नुपर्छ । बिगु–१ चीनसँग ३ वटा सीमा जोडिएको वडा हो । चीनले एक साताका लागि रोङजिया र कोल्दिम नाका खुलाए पनि लप्ची नाका खुला गरेको छैन । गत आइतबार चीनले उक्त नाका एक साताका लागि खुलाएको थियो । हिमाली क्षेत्रको जंगलको बाटो भएर मात्रै रोङजिया पुगिन्छ । त्यहाँबाट चीनको टिङ्ग्री काउन्टीको फलाक बजार नजिकै पर्छ । बरामद भएको सुन फलाकबाट आएको खुलेको दोलखाका डीएसपी दीपक खड्काले बताए । ‘आरोपितले फलाकबाट सुन बोकेर ल्याएको बयान दिएका छन्,’ उनले भने, ‘पक्राउ परेकाहरू नै तस्कर भए/नभएको बारे अनुसन्धानमै छौं । रोङजिया नाका खुलाउने क्रममा आइतबार चिनियाँ पक्षले स्थानीयलाई नागरिकता र बोर्डर पास लिएर आउन भनेको थियो । जसका कारण तस्करले स्थानीयलाई प्रयोग गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पक्राउ परेका केशरसहित अन्य स्थानीय पनि उक्त नाका पुगेका थिए । सुन बरामद भएपछि केही स्थानीय सम्पर्कविहीन छन् । प्रहरीले बरामद सुनमा चिनियाँ नागरिक नै संलग्न रहेको बताए पनि परिचय खुलाएको छैन । ‘सुन तस्करीमा प्रत्यक्ष रूपमा चिनियाँ नागरिक संलग्न रहेको खुलको छ,’ डीएसपी खड्काले भने, ‘केही भरिया र केही सुन लिन मध्यस्थकर्ता बनेर आएकाहरू पक्राउ परेका छन् । फरारको खोजी जारी छ । पक्राउ परेकाको बयानका आधारमा फरार रहेका स्थानीयसँग पनि सुन रहेको स्रोतको भनाइ छ । प्रहरीले पक्राउ गरेको सुन पेम्बा र माधवले बोकेर आएका थिए । सोही आधारमा तस्करले एक व्यक्ति बराबर २ केजी सुन बोकाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार