धादिङमा एकै दिन ४ म्याग्निच्युडभन्दा माथिका थप ६ वटा धक्का…..

काठमाडौँ –  आइतबार बिहान धादिङ केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गए यता लगातार परकम्पहरू गइरहेका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार नै ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएका हुन् । बिहान ७ बजेर ३९ मिनेटमा खरी आसपास केन्द्रबिन्दु भएर पहिलो ठुलो भूकम्प गएको थियो । त्यसपछि बिहान ८ बजेर ८ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प गएको थियो । त्यस्तै, ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युड र ८ बजेर २८ मिनेट जाँदा ४.३ म्याग्निच्युडको परकम्प गयो । अपराह्न ४ बजेर ३ मिनेट जाँदा पुनः ४.४ म्याग्निच्युडको परकम्प गयो भने साँझ ५ बजेर ३१ मिनेटमा ५.० म्याग्निच्युड र त्यसको दुई मिनेटपछि नै ५.१ म्याग्निच्युडको लगातार दुई परकम्प गएको थियो । यी सबै परकम्पको केन्द्रबिन्दु धादिङ जिल्ला नै रहेको थियो । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार