भारतका ८ पूर्वसैनिक अधिकारीलाई मृत्युदण्डको फैसला…..

काठमाडौँ — कतारमा पक्राउ परेका भारतका ८ पूर्वसैनिक अधिकारीलाई त्यहाँको एउटा अदालतले मृत्युदण्ड फैसला सुनाएको छ । २०२२ अगस्टमा पक्राउ परेका उनीहरूमाथि अभियोग भने कतारले सार्वजनिक गरेको छैन । उनीहरूलाई कतारको अत्याधुनिक पनडुब्बी कार्यक्रमबारेको गोप्य जानकारी इजरायललाई दिएको आरोप लगाइएको तर अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । भारत सरकारले आफ्ना नागरिकलाई सुनाइएको फाँसीको सजायले स्तब्ध बनाएको र यस विषयमा सबै कानुनी विकल्पहरु खोज्ने जनाएको छ । हामी फाँसी दिने फैसलाबाट स्तब्ध छौं र विस्तृत फैसलाको प्रतीक्षामा छैन । हामी उनीहरूका परिवारका सदस्य र कानुनी टिमको सम्पर्कमा छौँ । हामीले उच्च प्राथमिकतामा यस विषयलाई हेरेका छौं र यस विषयलाई कतारको प्रशासनसमक्ष पनि उठाउनेछौं‚’ भारतीय विदेश मन्त्रायलले भनेको छ । पक्राउ परेका व्यक्तिहरू अल दाहरा कम्पनीमा कार्यरत थिए । सो कम्पनीले कतारका सैनिकलाई तालिम र त्यससँग सम्बन्धित अन्य सेवाहरू उपलब्ध गराउँदै आएको थियो । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार