क्रिकेट टोलीलाई क्यानले ५० लाख पुरस्कारले सम्मानित गर्ने…..

काठमाडौँ — आईसीसी ट्वान्टी-२० विश्वकप २०२४ मा छनोट हुन सफल भएको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)ले ५० लाख रूपैयाँ नगद पुरस्कारबाट सम्मानित गर्ने भएको छ । क्यानको सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले सो निर्णय गरेको हो । यस्तै बैठकले यू–१९ एसिया कपमा छनोट हुन सफल यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सम्पूर्ण सदस्यहरुलाई प्रोत्साहनस्वरूप जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय गरेको छ । यू १९ टोली हालै मलेसियामा सम्पन्न एसीसी यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी भएको थियो । साथै सोही बैठकले क्रिकेट हङकङ चीनको आयोजनामा यही नोभेम्बर १५ देखि १९ सम्म ४ राष्ट्रहरूका महिला क्रिकेट टिमहरूबीच सञ्चालन हुने हङकङ विमेन्स ट्वान्टी-२० सिरिजमा सहभागिताका लागि राष्ट्रिय महिला क्रिकेट टोलीलाई सहभागी हुन पठाउने निर्णय पनि गरेकाे छ । क्यानका सचिव पारस खड्काले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यसमिति बैठकले आइतबार सम्मपन्न आईसीसी मेन्स ट्वान्टी-२० क्रिकेट वर्ल्डकप एसिया फाइनलको खेलमा टिकट बिक्रीबाट संकलित रकमको ५० प्रतिशत जाजरकोटमा गएको भूकम्पबाट पीडितहरूको उद्धारका लागि सहयोगस्वरूप उपलब्ध गराउने निर्णय गरेको छ ।  साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार