बगैंचा डटकम हङकङ,
३१ डिसेम्बर २०२३ आईतबार ‘निशाना एण्ड ग्लोबल फाईनान्स लिमिटेडको “१३औं वार्षिक साधारणसभा” सम्पन्न भएको छ । याउ मा तेई गार्डेन रेष्टुरेण्टमा सम्पन्न उक्त साधारणसभालाई संस्थाका अध्यक्ष गंगाराम राईले सभापतित्व गरेका थिए भने ग्लोबल नेपाली कम्पनी लिमिटेडका निर्देशक बिपिन राई, खोटङ समाज हङकङका अध्यक्ष पेङ्गुईन राई, उपाध्यक्ष हरिचन्द्र राई, शेर होल्डर हित बहादुर राई, गजेन्द्र राई, जस्मणी राई, उत्तरशेर राई, प्रकाश राई, रामकाजी राई र ईमानसिङ राईले अथितिको आसन ग्रहण गरेका थिए । निशाना एण्ड ग्लोबल फाईनान्स लिमिटेडका सदस्य प्रकाश कोयू राईबाट सभामा उपस्थित सबैलाई सम्बोधन गर्दै दिएको स्वागत मन्तब्यसँगै अध्यक्ष गंगाराम राई र अथिती बिपिन राईद्वारा स्याम्पियन फोरेर कार्यक्रमको उदघाटन गरिएको थियो । कार्यक्रमको दोश्रो चरणमा सचिव तथा कार्यक्रम संचालक दुर्गा प्रसाद राईले निशाना एण्ड ग्लोबल फाईनान्स प्राईभेट लिमिटेडको वार्षिक प्रतिवेदन प्रश्तुत गरेका थिएभने समितिका कोषाध्यक्ष उत्रशेर राईले संस्थाको कुल आय–व्याय लगायतको सम्पूर्ण बिबरण सहित आर्थिक प्रतिवेदन पेश गर्दै गतबर्षभन्दा अझ प्रगति भएको बताएका थिए । सभामा प्रश्तुत बार्षिक तथा आर्थिक प्रतिवेदनप्रति कुनै जिज्ञासा वा प्रश्नको लागि केही मिनेट समय दिईएको थियो । सभाहलबाट कुनै जिज्ञासा तथा प्रश्न नआए पछि सबैको सहमतिका साथ प्रतिवेदन पारित गरिएको थियो । हङकङमा रहेका शेयरधनीहरूको उपस्थिति रहेको सो साधारण सभामा संस्थाका उपाध्यक्ष हरिचन्द्र राईले सभालाई सम्बोधन गर्दै संस्थामा यस निशाना एण्ड ग्लोबल फाईनान्स लिमिटेड कम्पनिको दुईवटा विङ्स रहेको जस्मा एउटा विङ्स निशाना बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपालमा र ग्लोबल फाईनन्स लिमिटेड हङकङमा सन्चालन भइ रहेको बताएका थिए । बिगत ४ बर्ष देखि सन्चालन हुंहै आएको यस संस्थाले हाल सम्ममा सन्तोष जनक उपलब्धीसाथ अगाडि बढेको जानकारी दिदै १०औ बार्षिक साधरण सभा देखि १३औ बार्षिक साधरण सभा सम्ममा आबद्ध सेयर धनिहरुलाई बिगत १०औ, ११औ, र १२औ बार्षिक साधरण सभामा १५ प्रतिशतको दरले र यस बर्ष १३औ बार्षिक साधरण सभामा १० प्रतिशतको दरले लाभंस बितरण गरिएको थियो भने सम्पूर्ण शेयर धनिहरुले ४ बर्षमा आफ्नो कूल लगानिको ५५ प्रतिशत लाभंस प्राप्त गरिसकेको उपाध्यक्ष राईले बताउदै अगामी दिनमा यस कम्पनि नया योजना अनुरूप अगाडि बढ्दै जानु पर्ने बताएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा कोषाध्यक्ष उत्रशेर राई,सह कोषाध्यक्ष जसमनि राई र सदस्य गजेन्द्र बहादुर राईले संयुक्त रूपमा सम्पूर्ण शेयधनीहरूलाई लाभंश सहित शेयर धनी प्रमाण–पत्र बितरण गरेका थिए । त्यसै गरि मनतब्य कै क्रममा अथिती बिपिन राईले हङकङमा नेपालीहरुले पनि पछिल्लो समय ब्यपार ब्यबसायमा सङ्लग्न भएको पाएको र यो खुसीको कुरा हो भन्दै सस्थालाई उत्तरोत्तर प्रगतीको शुभकामना ब्यक्त गरेका थिए । औपचारिक कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गंगाराम राईले सभालाई सम्बोधन साथ उपस्थित शेयर धनी कर्मचारी सबैमा स्वागत गर्दै नेपालको बर्तमान परिस्थितिमा विभिन्न सहकारी सस्थाहरूको नाजुक अबस्थाको बाबजुध पनि आफै ११ महिना नेपाल बसेर यस सस्थाको केही समस्यालाई सम्बन्धित निकायसंग सवन्मय र परामर्श गरि सरकारी मापदण्ड अनुरूप सन्चालन भई रहेको जानकारी गराउदै सस्थाको सम्पूर्ण गतिबिधी प्रष्ट्याएका थिए । यसै सिलसिलामा यस निशाना बचत तथा ऋण सहकारी सस्था लिमिटेडले घण तथा बचत लगानी साथ साथै रेयलस्टेडमा (जग्गा खरिद तथा बिक्री ) लगानी सुरु गरिसकेको र कृषि उत्पादन तथा होटल व्यवसायमा पनि लागनी गर्ने भाबी योजाना रहेको अध्यक्ष राईले बताएका थिए । त्यसै गरि सस्थाकोको कार्य सन्चालन गर्नको लागि आफ्नै कार्यलय नभएको कारण भाडामा धेरै रकम खर्च भएकोले निकट भबिष्यमा आफ्नै भवन बनाउने योजना रहेको पनि बताएका थिए । अध्यक्ष राईले हङकङ ग्लोबल फाईनन्स लिमिटेडले भावि दिनहरूमा सबै मिलेर बृहत् रूपमा लगानी बढाउदै लैजानु पर्ने कुरा सबै शेयर धनिहरूलाई अनुरोध गरेका थिए । अन्तमा अध्यक्ष राईले स्थापनाकाल देखि हालसम्म निरन्तर साथ सहयोग दिनुहुने संस्थापक सदस्यहरू, कार्य समितिका पदाधिकारीहरु, कर्मचारी र शेयरधनीहरूलाई एकमुष्ट हार्दिक धन्यवाद ज्ञापन गर्दै पहिलो चरणको औपचारिक कार्यक्रमलाई समापन गरेका थिए । समितीका सदस्य तथा शेयर धनी हित बहादुर राईको सयोजकत्वमा भएको यस सभाको दोस्रो चरणमा रात्रिभोज सहित रमाईलो नगद चिठ्ठा मनोरन्जन तथा अन्तमा रमाईलो नाचगानका साथ कार्यक्रम समापन गरिएको थियो ।