फ्रेन्च लिगमा सावित्राको पहिलो गोल…..

काठमाडौँ — वाफ वुमन्स च्याम्पियनसिपमा राष्ट्रिय टिमको फाइनल खेल गुमाएकी नेपालकी स्ट्राइकर सावित्रा भण्डारीले फ्रेन्च महिला लिगमा व्यक्तिगत पहिलो गोल गरेकी छन् । एन अभान्ट ग्वेंगाम्पबाट खेलिरहेकी भण्डारीले शनिबार राति लिलविरुद्ध उक्त गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रूपमा ८६ औं मिनेटमा मैदान प्रवेश गरेकी भण्डारीले त्यसको ५ मिनेट अर्थात् इन्जुरी समयको पहिलो मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गरेकी थिइन् । सहयात्रीले विपक्षीबाट खोसेको बलमा पास पाएकी भण्डारीले काउन्टरमा गोल गरेकी थिइन् । त्यसैगरी उनले ८८ औं मिनेटमा पनि गोल गर्ने राम्रो अवसर बनाएकी थिइन्, तर त्यो गोलमा परिणत हुन भने सकेन । लिलविरुद्ध खेल २–० ले जितेपछि भण्डारीको क्लब ग्वेंगाम्प १६ खेलबाट १५ अंकसहित तालिकाको नवौं स्थानमा उक्लिएको छ । साभार : इका

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार