युकेको किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङमा मनमाया निर्वाचित

  सुकमाया तुम्रोक

सुक तुम्रोक

युकेको अस्फोर्ड केन्टमा किरात याक्थुङ थामेन्दिङ्मा चुम्लुङको मे २४, २०२४ मा चौथो अधिबेसन सम्पन्न भएको छ । अधिबेसनले समाजसेवी मनमाया नेम्बाङलाई अध्यक्षमा र अन्य पदाधिकारी तथा सदस्यहरूलाई निर्विरोध निर्वाचित गर्दै अधिबेसन सम्पन्न गरेको हो । युकेमा रहेका थामेन्दिङ्माहरूबिच भेटघाट, भातृत्व अभिबृद्दि गर्दै दुःखसुखमा आपसी सरसहयोग, समुदायको पहिचान, समाबेशिकरण, सामाजिक न्यायको लागि योगदान दिने उद्देश्यले स्थापित थामेन्दिङ्मा चुम्लुङको अधिबेसनले नियमावलीमा आठवटा महत्वपूर्ण बुँदाहरू पारित गरेको छ । संशाेधित नियमावलिको आधारमा निर्वाचित पदाधिकारीहरूमा उपाध्यक्ष नन्द शोभा नेम्बाङ, महासचिव शुभ नेम्बाङ, सचिब धन कुमारी थोक्लिहाङ रहनुभएको छ । यसैगरी कोषाध्यक्ष गौरीमाया लिम्बु, सह-कोषाध्यक्ष सरला काम्बाङ र सदस्यहरूमा सुर्य केरुङ, अनिता मादेन, सरिता लिम्बु, रिता फोम्बो निर्वाचित हुनुभएको छ ।

किरात याक्थुङ चुम्लुङ, युकेका केन्द्रीय उपाध्यक्ष अमृता पालुङ्वाको प्रमुख आथित्यतामा सम्पन्न अधिबेसनको पहिलो सत्रको अध्यक्षता महिला अधिकारकर्मि युमा लिम्बूले गर्नुभएको थियो । यसका साथै किरात याक्थुङ चुम्लुङ, युकेका पुर्व अध्यक्ष काजिमान यक्सोको अध्यक्षतामा बन्दसत्र र पत्रकार विमला सेनेको संयोजकत्वमा निर्वाचन समिति बनेको थियो ।

अधिबेसनमा कि. या. चु. युके सस्थापक अध्यक्ष खड्गजङ आङबुहाङ, थामेन्दिङ् चुम्लुङ सस्थापक अध्यक्ष लिला सेलिङ माबो, सगरमाथा नेपाली महिला कमिटी अध्यक्ष उमा गुरूङ, पाँचथर समाज सेवा युके अध्यक्ष शान्ति लिम्बु हुनुहुन्थ्यो । त्यसैगरी किरात याक्थुङ चुम्लुङ युकेका पुर्व उपाध्यक्ष गणेश इजम, पुर्व महासचिव बिजय बिक्रम लिङ्देन, लिम्बुवान नागरिक एकता समाज अध्यक्ष छत्र वनेम, लेखक कृष्ण कुमार हेम्ब्या, थामेन्दिङ्मा शाखा अध्यक्षहरु वेल्सका सुर्य केरुङ, रेडिङका राधा तुम्बहाम्फे, ग्रेटर लन्डन कमला लिम्बुलगायतका सदस्यहरूको उपस्थिति थियो।

अन्य तुत्तु तुम्याहाङहरूमा चुम्लुङ शाखाको अध्यक्षहरु अस्फोर्डका सोदिप थोप्रा, पुर्व अध्यक्ष टंक येङ्देन , पुर्ण मादेन, फोक्स्टोन शाखा अध्यक्ष ज्ञान लिम्बु , ग्रेश शाखा अध्यक्ष लक्ष्मी लाबुङलगायतको उल्लेखनीय सहभगिता थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार