नेता नामका संस्थालाई बजेट रोक्ने दाउमा बालेन…..

काठमाडौं –     काठमाडौं महानगरको नगरसभा बस्दै नबसी स्थगित भयो। बिहान आठ बजे बोलाइएको बैठकमा महानगरका मेयर बालेन्द्र शाह आफैं उपस्थित भएनन्। जसले करिब तीन घण्टासम्म कुरेका जनप्रतिनिधिहरु अन्ततः सभा स्थगित भएको सुचना पाएर बाहिरिए। शुक्रबारको सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल थियो। तर यस्ता महत्त्वपूर्ण एजेन्डासहित आफैंले बोलाएको सभामा मेयर शाह किन गएनन् ? गम्भीर प्रश्न र बहस जारी छ। आफूहरु बिहान ८ देखि ११ बजेसम्म कुर्दासमेत मेयर बालेन नआएकोवडा नं. १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए। उनले भने, ‘हामी बिहान आठ बजेदेखि मेयर ज्यूलाई कुरेर बस्यौं। उहाँ आउनुभएन। बिहान ११ बजेसम्म हामी उहाँलाई कुरेर बस्यौं। पछि बैठक स्थगित भएको कुरा हामीले फेसबुकबाट थाहा पायौं। सबै कुराहरु छलफल र सहमतीबाटै निष्कर्षमा आउने बताउँदै श्रेष्ठले सो बजेट छलफलमा मेयर आउनुपर्ने बताए। ‘मेयर ज्यू नआउँदा नीति तथा कार्यक्रम र बजेटमाथि छलफल नै भएन। हाम्रो त्यस्तो ठुलो कुरा केही थिएन्। बजेटमा देशका लागि योगदान दिएको सहिदहरुको नाममा खोलेको प्रतिष्ठानहरुका बजेट छुट्याउन भनेका हौं। साभार :  नादप 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार