मन्त्रालय छाड्दै गर्दा मन्त्री महासेठले गरे अख्तियारको दुरुपयोग…..

काठमाडौँ-     तत्कालीन उपप्रधान तथा भौतिक पूर्वाधार यातायात मन्त्री रघुवीर महासेठले आफूले मन्त्रालय छाड्दै गर्दा अख्तियारको दुरुपयोग गरी आफू अनुकूलका व्यक्तिहरूलाई लाभान्वित हुने निर्णय गरेर बाहिरिएका छन् । मन्त्रालय स्रोतका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट महासेठ बाहिरिँदै गर्दा अमेरिकी परियोजना एमसीएको वैदेशिक तालिम कार्यक्रममा आफ्ना मान्छेलाई छनोट गरी पदीय अख्तियारीको दुरुपयोग गरेका हुन् । उक्त परियोजनाको प्रशिक्षार्थीका नाममा योजनासँग असम्बन्धित पदाधिकारीले जथाभाबी आफू र आफ्नालाई छनौट गरेसँगै उक्त छनौट प्रक्रिया विवादास्पद बन्न पुगेको छ । जुन निर्णयका आधारमा अमेरिकी परियोजनाको दाङ–लमही–भालुवाङ सडक अन्तर्गत फुल डेप्थ रिक्लेमेसन र सुपर पेभ प्रविधिबाट सडक निर्माणका लागि क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत अमेरिका मा हुने तालिममा असम्बन्धित प्रशिक्षार्थीलाई लैजान लागेको बुझिएको छ । महासेठका कारण विगतमा पटक पटक वैदेशिक तालिम लिएका, एक आव मै २ पटक भन्दा बढीसम्म अवसर पाएकाहरू फेरि अमेरिका जान छनौट भएका छन् । इन्जिनियर जानुपर्ने कार्यक्रममा महासेठले आफू निकटका सहसचिव सुशीलबावु ढकाल, उपमहानिर्देशक ललिजन खनाल, कालिगण्डकी कोरिडोर योजना प्रमुख कल्पना अधिकारी लगायतलाई छनौट गरेका छन् । अमेरिकी सरकारको सहयोगमा सञ्चालित परियोजनामा अवाञ्छित लाभ लिई नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीहरूले गरेको यो हर्कतले सहयोगको दुरुपयोग भएको र राज्यको शिर निहुरिएको चर्चा मन्त्रालयमा चर्चा छ । मन्त्री महासेठले मन्त्रालयबाट बिदा भएर जानुभन्दा केही दिन पहिला मात्र निर्णय गरेका हुन् । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार