प्रचण्डपथमा रास्वपा…..

काठमाडौँ –    असार २८ गते विश्वासको मत लिने सिलसिलामा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा दिएको करिब डेढ घन्टा लामो वक्तव्य आक्रोशले भरिपूर्ण थियो। नेपाली कांग्रेस र नेकपा एमालेको तुलनामा धेरै सानो र तेस्रो दलको नेता भएर पनि ती दुई ठूला दलको सदाकालको आपसी प्रतिस्पर्धामा खेल्दै, पालैपालो एउटासँग मिल्दै अर्कोलाई जिल्याउँदै निरन्तर प्रधानमन्त्री भैरहेका उनलाई त्यही सौभाग्य सधैँ मिलिरहने कुरै थिएन। त्यसैले मेरो भोग सकिएछ अब भनेर चित्त बुझाउँदै खुरुक्क प्रधानमन्त्री पदबाट राजीनामा गरेको भए भैहाल्थ्यो। त्यसो गर्दा उनको कद बढ्थ्यो। तर त्यो शालीनता उनले देखाउन सकेनन्। र, विश्वासको मत नपाइने निश्चित भएको सदनको रोस्ट्रमलाई मुखको तीतो पोख्ने थलो बनाए। तैपनि एक त सत्ता परिवर्तनको यो खेलमा उनी नै मुख्य तारो थिए। अर्को, एकै छिनपछि खाइपाइ आएको प्रधानमन्त्री पद गुमाइने निश्चित थियो। जसको पीडा उनको भाषणमा झल्किनुलाई एकैछिनका लागि स्वाभाविकै मानौँ। तर त्यो दिन रोस्ट्रममा उनीभन्दा पनि धेरै बढी कुन्ठा, आक्रोश र उत्तेजनाले भरिएका देखिने, सुनिने चाहिँ उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने थिए। जुन कुरा अनावश्यक मात्र होइन, अराजनीतिक, अपरिपक्व र आत्मघाती पनि थियो। जसको चर्चामा यो आलेख केन्द्रित रहनेछ।  साभार :  नादप  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार