१३ जुलाई, हङकङ– गैर–आवासीय नेपाली संघ हङकङद्धारा २११ औं भानु जयन्तीको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गर्दै साहित्यिक कृति प्रकाशन गर्ने हङकङबासी साहित्यकारहरुलाई कदर पत्र सहित सम्मान गर्यो ।
गैर–आवासीय नेपाली संघ हङकङकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक समेत रहेकी अनु राईद्धारा श्वागत मन्तव्य संगै भानु भक्त आचार्यको संक्षिप्त जीवनी सुनाएसंगै भानु भक्त आचार्यको तस्विरमा माल्यार्पण तथा फूलगुच्छा चढाइएको थियो । लगत्तै हङकङमा रहेर साहित्यिक क्षेत्रमा कलम चलाउँदै विभिन्न विधाका कृति प्रकाशन गर्ने साहित्यकारहरु रमण गुरुङ, दाजु गुरुङ, सुनिता गिरी, देश सुब्बा, जानु काम्बाङ लिम्बु, बज्र कुमार राई, टंक सम्बाहाम्फे, टी.बी. याक्खा, पूर्णिमा शाह, डम्बरकृष्ण श्रेष्ठ, जुनु राना, दीपा एवाई राई, मोति चाम्लिङ, डोम राना, नरजित राई, क्रान्ति सुब्बा, मनु कन्दङ्वा लगायतका डेढ दर्जन बढी साहित्यकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली महावाणिज्यदुतावास हङकङका उप–वाणिज्यदुत भोज कुमार भटृराई र गैर–आवासीय नेपाली संघ हङकङका अध्यक्ष गोकर्ण प्रसाद ढकालद्धारा खदा र कदर पत्रद्धारा सम्मान गरेका थिए ।
संघका महासचिव डिल्लीराम विश्वकर्माद्धारा संचालन गरिएको कार्यक्रममा उपस्थित साहित्यकारहरु सुनिता गिरी, रमण गुरुङ, शिला घमाल, बज्र कुमार राई, जानु काम्बाङ लिम्बु लगायतले भानु विशेष सृजनाहरु वाचन गरेर सुनाएका थिए भने कार्यक्रमका प्रमुख अतिथि भोज कुमार भटृराई, सभापति गोकर्ण प्रसाद ढकाल तथा विशेष अतिथिहरु याउ चि मोङ डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, नेपाली आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष टोपराज तामाङ, एन.आर.एन.ए. आई.सी.सी. महिला सचिव टिका गुरुङ, हङकङ साहित्यिक साझा श्रृंखलाका संयोजक रमण गुरुङ लगायतले शुभकामना मन्तव्य संगै नेपाली भाषा तथा साहित्यको क्षेत्रमा भानुभक्त आचार्यको योगदान माथि चर्चा गरेका थिए ।
शनिबार साँझ जोर्डनस्थित चुम्लुङ हिममा सपन्न कार्यक्रममा हङकङबासी साहित्यकार, पत्रकार तथा समाजसेवीहरुको बाकुलो उपस्थिति रहेको थियो ।