दुर्घटना भएको सौर्य जहाजमा थिए १९ जना…..

काठमाडौं-     काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको ९एन-एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ । अहिले उद्धारको काम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको जहाजमा कम्तिमा चारजनाको मृत्यु भएको छ। विमानबाट चारजनाको शव अग्नि नियन्त्रक दलले निकालेको छ। विमान मर्मतका लागि पोखरा जाँदै गरेको खुलेको छ। जसमा चालक दलका सदस्यसहित १९ जना सवार रहेको स्रोतले जनाएको छ। त्यही जहाजमा कम्तिमा ११ जना विमान मर्मतकर्ता इन्जिनियर रहेका थिए। जहाजबाट क्याप्टेन मनिष शाक्यको भने सकुशल उद्धार भएको छ। जहाजमा अन्य दुईजना को–पाइलट पनि रहेको बुझिएको छ। उनीहरूको अवस्था भने खुलेको छैन।साभार : अखप  

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार