बालेनको प्रशंसामा गीत गाउँदा कर्मचारीको सरुवा…..

काठमाडौँ –     काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको प्रशंसामा गीत गाएका कारण एक कर्मचारीको सरुवा भएको आरोप लागेपछि पोखरा महानगरपालिकाले यसबारे प्रष्टीकरण दिएको छ । महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले आइतबार जारी गरेको विज्ञप्तिमा आर्थिक वर्ष २०८१।०८२ को प्रारम्भसँगै पोखरा महानगरपालिकाले ४२ जना कर्मचारीहरूको पहिलो चरणको आन्तरिक सरुवा गरेको स्पष्ट पारेका छन् । कुनै पनि कार्यालयले आफ्नो कामको क्षेत्रलाई प्रभावकारी तथा व्यवस्थित गर्न कर्मचारी सरुवा गर्नु नियमित प्रक्रिया भएको उनको भनाइ छ । कार्यालयले नियमानुसार गरेको कर्मचारी सरुवाको विषयलाई विषयान्तर गरी भइरहेको टीकाटिप्पणीहरू प्रति पोखरा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उनको विज्ञप्तिमा उल्लेख छ । यस कार्यालयले गरेको कर्मचारी सरुवा कुनै व्यक्ति वा गीतसङ्गीत प्रति लक्षित नभएको स्पष्ट पार्दै यस प्रकारका मनोगत एवं भ्रमपूर्ण टिप्पणीहरूको पोखरा महानगरपालिका खण्डन गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘आफ्नो जिम्मेवारी र कर्तव्यलाई मनन गरी कार्यक्षेत्रमा खट्नुहुने राष्ट्रसेवक कर्मचारीहरू माथि कुनै पनि प्रकारको भेदभाव र दुराग्रह नराखिएको तथा नराखिने समेत स्पष्ट पार्दछ । सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले आफूलाई बालेनको प्रशंसामा गीत गाएका कारण सरूवा गरिएको दाबी गरेको विषय बाहिरिएकै बेला महानगरपालिकाले यस्तो बताएको हो । महानगरपालिकाले सरुवाको विषयमा इन्टरनेटमा अपलोड गरिएका सामाग्रीहरूमा भ्युज बढाउने मनसायबाहेक केही नभएको समेत दाबी गरेको छ । साभार : रापा

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार