विष्णु माझी एउटी गायिकाको रहस्यमयी गुपचुप जीवन…..

काठमाडौं –     बल्ल तीज लागे जस्तो भो’ विष्णु माझीको गीत सार्वजनिक भएलगत्तै ओइरिएको प्रतिक्रिया हो यो । तीजको सन्दर्भमा उटपट्याङ गीतहरुले होहल्ला मच्चाइरहँदा अनायास विष्णु माझीको सुरिलो भाका गुञ्जिएको थियो । जसै उनको आवाज गुन्जियो, अरु तीज गीत लाखापाखा लागे । तब पारखीहरु भन्न लागे, ‘अब पो तीज सुरु भयो । तीज र विष्णु माझी एकापसमा पर्याय जस्तै छन् । जब जब गाउँशहरलाई तीजले छोप्न थाल्छ, विष्णु माझीको सुरिलो भाकाले त्यसमा रौनक थपिदिन्छ । सबैलाई थाहा छ, बितेको दुई दशकदेखि अविच्छिन्न नेपाली लोक गायनको अग्रस्थानमा छिन् उनी । पाँच हजार बढी गीतमा आवाज दिएकी छिन् । त्यसमध्ये धेरैजसो गीत सर्वाधिक रुचाइएका छन् । युट्युबको करोड क्लबमा पुगेर गीतले कीर्तिमान बनाएका छन् । धेरैलाई थाहा छैन, उनी कहाँ बस्छिन् ? कस्तो जीवनशैली अपनाउँछिन् ? आफ्नो गायकी र संगीतको विषयमा कस्तो धारणा राख्छिन् ? किनभने उनको जीवन रहस्य र गुपचुपमा छ । चर्चाको शिखरमा छिन्, तर गुमनाम पनि । करिअरको सुरुवातीदेखि नै भूमिगत जीवन बाँचिरहेकी छिन् उनी । दुई दशकदेखि निरन्तर चर्चामा रहँदा पनि न उनी कतै देखा पर्दिनन् । वर्षमा आउने एकाध गीत बाहेक उनी कतै सुनिंदिनन् । न कतै सार्वजनिक कार्यक्रममा नै देखा पर्छिन्, न मिडियामा नै देखिन्छिन् । न त उनको रहस्यमय जीवनबारे धेरै कुरा बाहिर नै आउँछन् । धेरै वर्षदेखि गायिका विष्णुको गुमनाम जीवनमाथि उठिरहेको प्रश्न हो, उनको भूमिगत जीवन स्वेच्छा हो कि परिबन्ध ? आजसम्म पनि यो प्रश्नको जवाफ अनुत्तरित छ ।

कस्तो रह्यो वैवाहिक सम्बन्ध ?:

सुन्दरमणिले गायिका विष्णु माझीलाई पोखराबाट काठमाडौं ल्याएर आफूसँगै राखे पनि विवाह गरेका थिएनन् । करिब आठ वर्ष उनीहरु लिभिङ टुगेदरमा बसे । यसबीच विष्णु घर पनि गइनन् । धेरै वर्षसम्म अविवाहित नै बसे’ उनी निकट एक गायिका भन्छिन्, ‘आठ वर्षपछि मात्र उनीहरुले विवाह गरे ।’ पोखरा पुगेर दुवैले मन्दिरमा गुपचुप विवाह गरे । विष्णुको परिवार स्रोतका अनुसार विष्णु विवाहपछि घर आएकी थिइनन् । ११ वर्षपछि मात्रै बाबु ताराबहादुर माझीले छोरीसँग भेट्न पाएका थिए । साभार : अखप   

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार