किरात याक्थुङ चुम्लुङ युके आसपोट शाखा को २०२४ बलिहाङ तङ्नाम लारिङ्गगेक नाम्लिङ्गेक सम्पन्न

किरात याक्थुङ चुम्लुङ युके आसपोट शाखा  द्वारा ई.स. २०२४ साल को  बलिहाङ तङ्नाम लारिङ्गगेक नाम्लिङ्गेक (देउशी भैलो )  कार्यक्रम गत ९ नोभेम्बर २०२४ सेन्ट साइमन चर्च आसपोर्ट मा सम्पन्न गरेको  छ।

केलाङ बाट  औपचारिक कार्यक्रम  लाई सुरुवात गरिएको थियो । प्रमुख अतिथि सगरमाथा गोर्खा नेप्लिज कम्युनिटिका  अध्यक्ष ड्म्बर सिङक  र सस्थाका अध्यक्ष सुन्दर लिङ्थेपको बाहुलिबाट दिप प्रजलन गरे लगतै नेपाल् को  रास्ट्रिय गित बजाएर कार्यक्रमलाई उदघाट्न गरिएको थियो। अध्यक्ष  लिङ्थेप, प्रमुख अतिथि, सल्लाहाकारहरु गणेश इजम टंक लिम्बु को बाहुलिबाट लेखक छत्र वनेम को लिम्बु कबिता संग्रह ‘मिम्जिरे लाम्हा’ लोकार्पण गरिएको थियो।

पुस्तक बारे समिक्ष्या ज्ञानु फुरुम्बो ‘चरप्पे’ गे गरेका थिए भने लेखक छत्र वनेम ले पुस्तक निकाल्दा को अनुभव र उदेस्यको वारेमा प्रस्टाएका थिए। सस्थाका सचिब लालहाङ थलङ द्वारा सन्चालन गरिएको औपचारिक कार्यक्रम लाई  प्रमुख अतिथि ड्म्बर  सिङकको  बलिहाङ तङ्नाम को शुभकामना मन्त्यब्य  पछि  अध्यक्ष सुन्दर लिङ्थेप ज्यु ले  कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई धन्यावाद दिदै औपचारिक कार्याक्रम लाई बिसर्जन गरेकाथिए ।

दोस्रो चरण को सांगीतिक कार्याक्रम लाई शेखर लिम्बु, माक्सती ओख्राबो र राजन नेम्बाङ  ले संचालन गरेका थिए ।नेपाल बाट आएका कलाकार हरु ब्रबिम शेर्मा र गङ्गा फियाक र स्थानीय कलाकार हरुबाट गीत नृत्यहरु प्रस्तुत गरेर उपस्थितजन हरुलाई मनोरन्जन  दिलाएका थिए  उक्त दिनको आकर्षण भनेको सुरुदेखि अन्तिम सम्म नै   केलाङ  नाच थियो ।

सस्थाको तर्फबाट गायक ब्रबिम शेर्मा र गायिका फियाक् लाई टोकन अफ लभ स्वारुप नगद प्रदान गरिएको थियो । चाडपर्ब लाई मनोरञ्जनको लागी बिभिन्न खेल हरु जस्तै डाइस, तास र त्रिपाशाहरु खेलाइएको थियो भने फन्ड राइज को लागि  र्याफल उडाइएको थियो ।

र्याफल का लागि बिभिन्न ब्यबसाई  व्यक्तिहरुले प्रायोजन गरेकाथिए भने संकलित रकम आर्थिक स्थिति निम्न भएको व्यक्तिलाई सहयोग गरिने कुरा बताएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार