पाँचथर समाज सेवा युकेको वार्षिक साधारण सभा गत २९ डिसेम्बर आइतबार का दिन भर्चुअल जुम मार्फत सम्पन्न भएको छ । समाजका अध्यक्ष शान्ती लिम्बुको अध्यक्षतामा साधारण सभा सम्पन्न गरिएको हो ।
महासचिव लाहाङ चेम्जिङ्ले संचालन गरेको सभामा वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ्ले स्वागत मन्तब्य राखेका थिएभने कोषाध्यक्ष शिखर सम्बाहाम्फेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पाससेयुके स्थापना भएदेखियता विभिन्न कार्यहरु गर्दै आइरहेको छ त्यसैलाई निरन्तरता दिदै आउदो ८ फेब्रुअरी २०२५ मा च्यारिटी डिनर आयोजना गरिएको छ । उक्त कार्यक्रम बाट संकलित रकम पाँचथर जिल्लामा बिध्यालय हरुमा सहयोग गरिने निर्णय पारित भएको छ ।
सस्थाका सल्लाहकार हरु चन्द्र सुन्दास, लिला सेलिङ माबो , नरबिर आङ्बोको समेत उपस्थित रहेको थियो र उहाँहरुबाट सल्लाह सुझाव र समाजले गरेका कार्यमा समर्थन जनाइएको थियो । सास्कृतिक विभाग प्रमुख गायक तारा लक्समले आफुले नेतृत्व गरेको कामहरुको समिक्षा गर्दै अब हुने च्यारिटी कार्यक्रम सफल गर्न सबैको सल्लाह सुझाव सहयोग हुनुपर्ने बताएका थिए ।
मिडिया बिभाग सुक तुम्रोक ( Bagaicha.Com) कार्यकारी सदस्यहरु उदघोषिका पारु राई , दिपा लिम्बु, रश्मि लिम्बुले सस्थामा आवद्ध भएयता को समिक्षा आउदो दिनको योजना र कसरी उपलब्धि मुलक बनाउन सकिन्छ भन्दै आउदो कार्यक्रम सफलताको सुभकामना दिएका थिए । अन्त्यमा अध्यक्ष शान्ति लिम्बुले सम्पुर्ण लाई सस्थाप्रतिको साथ सहयोग र योगदानलाई प्रोत्साहन दिदै सभामा उपस्थिती भएकोमा धन्यवाद ट्क्र्याउदै साधारण सभा समापन गरेकी थिइन ।