सुक तुम्रोक आस्पोट युके ।
पाँचथर समाज सेवा युकेले आगामी फेब्रुअरी ८ मा ‘च्यारिटी डिनर नाइट–२०२५’ आयोजना गर्ने भएको छ । समाजिक सेवा गर्ने हेतुले स्थापित समाजले पहिलोपटक ‘डिनर च्यारिटी नाइट’ आयोजना गर्न लागेको हो । समाजकी अध्यक्ष शान्ति लिम्बूले यो पहिलो च्यारिटीबाट संकलित रकम दुर्गम क्षेत्रका बालबालिकाहरुको आधारभूत शिक्षाका लागि सहयोग गर्ने बताइन् ।
सस्थाले यसटक पाँचथरको पापुन्देन आधारभूत विद्यालयलाई सहयोग गर्ने निर्णय भएको छ । गत मंसिरमा भर्चुअल मार्फत सम्पन्न समाजको वार्षिक साधारण सभाले च्यारिटीबाट संकलित रकम पाँचथरको दुर्गम क्षेत्र फालेलुङ–७ गाँउपालिकास्थित पापुन्देन आधारभूत विद्यालयका विधार्थीहरुका लागि सहयोग गरिने निर्णय भएको हो ।
समाजको अघिल्ला कार्यकालहरुमा पनि च्यारिटी कार्यक्रमबारे प्रस्तावहरु उठ्दै आएको र महाधिवेशनमा पनि एक कार्यकालमा एक च्यारिटी प्रोग्राम गर्ने प्रस्ताव उठेको हो, सोही प्रस्ताव अनुसार वर्तमान कार्यसमितिले अबदेखि एक कार्यकालमा एक च्यारिटी प्रोग्राम गर्ने सहमति भएको हो। डिनर च्यारिटी नाईटलाई सभ्य र भव्य बनाउन आर्थिक संकलनका लागि समाजले बेलायतबासी पाँचथरे तथा गैर पाँचथरे सबै नपाली समक्ष आह्वानसमेत गरेको छ । उक्त दिन उपस्थित हुन नसक्नेले समेत स्ववेच्छाले रकम सहयोग गरिदिन समाजले अनुरोध गरेको छ ।
कार्यक्रम फेबु्रअरी ८ शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलको दोस्रो तल्लामा अपरान्ह १५.३० बजेदेखि सुरु हुने छ ।