आशफोर्ड केन्ट युके ।
२५ जनवरी २०२५ सगरमाथा गोर्खा कम्युनिटी आशफोर्ड अफिलहलमा सम्पन्न सेवारो कलाकार संघ युकेको तेस्रो महाधिबेशनबाट इन्द्र पन्धाक निर्विरोध निर्वाचित हुनुभएको छ ।
डम्मर सिङगकको संयोजकत्वमा ३ जना निर्वाचन मण्डल समिति रहेको सदस्य सचिब लिला सेलिङ सदस्य बिमला सेने द्वारा नव निर्वाचित कार्यसमितिको नामवली घोषणा गरिएको थियो । अधिवेशनबाट अध्यक्षमा इन्द्र पन्धाक, उपाध्यक्षमा १, बिमला लिम्बू २, भिम मादेन ३, जय मादेन ४, महेश्वरि नेम्बाङ ५, अग्नि केदेम, महासचिव माक्सती ओख्राबो, सचिब शान्ति खिम्दिन, सह सचिब राजन नेम्बाङ, कोषाध्यक्ष सानू सुब्बा, सह कोषाध्यक्ष कुबेर हुक्पा चोङ्बाङ निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा कृष्ण कुमार हेम्ब्या र नगेन्द्र नेम्बाङ (मिडिया), कबित यक्सो (के लाङ), पदम सम्बाहाम्फे (मुन्धुम), दिलु पन्धाक (हाक्पारे), भगवती थलङ (पालाम÷ख्याली), गङा लिम्बू (केलाङ–सहायक सदस्य), धनु याख्खा (केलाङ–सहायक सदस्य) निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्षले अबको दिनमा आशफोर्ड केन्ट युकेली याक्थुङहरुले प्रदान गर्नुभएको जिम्मेवारीप्रति बफादार रहँदै आशफोर्ड केन्ट युकेली याक्थुङ को शीर सदैव उच्च रहने काम गर्ने प्रतिवद्धता गरेका छन् । सेवारो कलाकार संघले प्रवाशमा रहेर पनि याक्थुङ लिम्बू समुदायमा लिपि, भाषा, साहित्य, पत्रकारिता, पालाम, हाक्पारे, ख्यालि, केलाङ, यालाङ, गीत, संगित, संस्कृति परम्पराको उत्थान बिकास र जगेर्ना गर्दै आइरहेको छ र भविस्यमा पनि यसलाई नितन्तरता दिँदै अझै प्रगति गर्दै अगाडि बढ्ने भन्दै अतिथि डम्मर सिङ्गकले शुभकामना मन्तव्य राखेका थिए ।
संघका सस्थापक अध्यक्ष तथा सल्लाहकार काजिमान यक्सोको प्रमुख अतिथि र सगरमाथामा गोर्खा नेपाली समाज आस्पोट युकेका अध्यक्ष श्री डम्बर सिङ्गक, रश्मोर नेपाली समाजका अध्यक्ष लिला सेलिङ, कियाचु आशफोर्ड शाखा प्रतिनिधि सदस्य सुक तुम्रोक, नेपाली पत्रकार महासंघ बेलायत अध्यक्ष बिमला सेने, पाँचथर समाज सेवा युके अध्यक्ष शान्ती लिम्बू आदिको आतिथ्य रहेको कार्यक्रमलाई अध्यक्ष दुर्गा पाङ्ममा र प्रमुख अतिथि काजिमान यक्सोले दिप प्रज्वलन गरेर पहिलो चरन को कार्यक्रम लाई उदघाटन गरेका थिए ।
कार्यक्रममा उपाध्यक्ष श्री युबराज इस्पोले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका महासचिब जय मादेम्बाले सञ्चालन गरेका थिए ।