पाँचथर समाज सेवा युकेले ‘डिनर च्यारिटी नाइट’ गर्ने सम्बन्धि जुममार्फत आकस्मिक बैठक सम्पन्न 

आस्पोट केन्ट युके  ।

पाँचथर समाज सेवा युकेले आगामी फेब्रुअरी ८ मा ‘च्यारिटी डिनर नाइट–२०२५’ आयोजना गर्दैछ । यस कार्याक्रम  गर्नका लागि कामको जिम्मेवारी सहजता, सफलता पार्ने, कामको अभिभारा अपडेटसम्बन्धि हिजो २६ जनवरी २०२५  साझमा भर्जुवल जुममार्फत आकस्मिक बैठक बसेका हुन ।

सामाजिक सेवा गर्ने हेतुले स्थापित समाजले पहिलोपटक ‘डिनर च्यारिटी नाइट’ आयोजना गर्न लागेको हो ।
यस च्यारिटी शोबाट संकलित रकम  यसपटक  पाँचथरको  दुर्गम क्षेत्र फालेलुङ–७ गाँउपालिकास्थित पापुन्देन आधारभूत विद्यालयका विधार्थीहरुको शिक्षाको लागि सहयोग गरिने छ ।

यस कार्यक्रमलाई  सुमधुर मनोरञ्जन  दिलाउन   ‘द् भ्वाइस अफ नेपाल सिजन ५ का  उपबिजेता  मकर योन्जनको सहभागिता हुनेछ । साथमा वरिस्ठ गायक तथा  संगीतकार  दिनेश सुब्बा, दोर्सो नेपाली तारा २०६४ का फस्ट रनरअप तारा लक्सम, सन्जिब घले र रितिका केरुङको  गायनमा बेजोड प्रस्तुति रहने छ भने मोडल तथा डान्सर  दिपा योङ्या लिम्बु र  अन्जना लिम्बुको नृत्य रहने छ  ।

अक्सनका लागि  कोअडीनेटर संदेश लिम्बु  बाट खुकुरी, अध्यक्ष शान्ति लिम्बु  फुलदानी, कोषाध्यक्ष सिखर लिम्बु  सिलाम साक्मा र उपाध्यक्ष्य नन्द सुन्दास सारी   स्पोन्सर गर्नेछन ।

डिनर च्यारिटी नाईटलाई सभ्य र भव्य  बनाउन आर्थिक संकलनका लागि समाजले बेलायतबासी  पाँचथरे तथा  व्यवसायीहरुसमक्ष आह्वानसमेत गरेको छ। उक्त दिन उपस्थित हुन नसक्नेले समेत स्ववेच्छाले रकम सहयोग गरिदिन समाजले अनुरोध गरेको छ ।
कार्यक्रम फेबु्रअरी ८ शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलको दोस्रो तल्लामा अपरान्ह १५.३० बजेदेखि  सुरु हुनेछ ।

Note: पाँचथर समाज सेवा युकेको ‘पाँचथर कप’ ०३ मे २०२५ मा  हुदैछ  ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार