पाँचथर समाज सेवा युकेको पहिलो च्यारिटी डिनर नाइट भव्यताका साथ् सम्पन्न

आस्पोट केन्ट युके  ।

पाँचथर समाज सेवा युकेको  पहिलो  ‘च्यारिटी डिनर नाइट  ८ फेब्रुअरी  २०२५  अल्डरसटको अम्पायरहलमा सम्पन्न भएको छ । यस कार्यक्रम का प्रमुख अतिथि किरात याक्थुंग चुम्लुंग युकेको  केन्द्रिय  अध्यक्ष कमला लिम्बु र  सस्थाका अध्यक्ष शान्ति लिम्बुको बाहुलीबाट दिप प्रजलन गरि  कार्यक्रमलाई उदघाटन  गरे लगतै नेपाली र अग्रेजी रास्ट्रिय गीत बजाई  पहिलो चरणको औपचारिक कार्यक्रमको सुरुवात् गरेका हुन् ।

समाजका वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्बाङ द्वारा स्वास्थ र सुरक्षा सम्बन्धि जानकारी गराइएको थियो,  गजेन्द्र राज नेम्बाङ ले  मन्तब्य  मार्फत  उपस्थित सम्पूर्णलाई स्वागतगरेका हुन्  भने  संयोजक सन्देश लिम्बुले ‘च्यारिटी डिनर नाइट गर्नुको उदेस्यलाई प्रस्टपारेका थिए  ।

पाँचथर समाज सेवा युके सामाजिक सेवा गर्ने हेतुले इस्वी सम्बत २००७ सालबाट स्थापना भएयता धेरै अगाडी बाट  ‘च्यारिटी डिनर नाइट’ गर्ने योजना भएको हुनाले, अध्यक्ष शान्ति लिम्बुको   कार्यकालमा  ‘च्यारिटी डिनर नाइट’  सोचेको भन्दा धेरै भव्यताकासाथ् सम्पन्न भएकोकुरा आयोजक कमिटि सदस्य  बताउछन ।

सन्देश लिम्बु को  संयोजकता रहेको  यस च्यारिटी शोबाट संकलित रकम   पाँचथरको  दुर्गम क्षेत्र फालेलुङ–७ गाँउपालिकास्थित पापुन्देन आधारभूत विद्यालयका विधार्थीहरुको आवस्यकता सामग्री र    शिक्षाको लागि सहयोग गरिने छ ।

संजिब पार्दर्शी र संयोजक सन्देश लिम्बुले  अक्सन कार्यक्रम संचालन गरेका हुन्,  बिभिन्न व्यक्ति हरुबाट प्रायोजन गरिएको सामानहरु मध्ये  खुकुरि बाट सुरु भएको अक्सन सिलाम साक्मा, फुलदानी, सारी, हेन्मेड ब्याग, क्रिस्टल लेभेन्डर फ्लावर आर्ट, गोर्खा संग सम्बन्धित पुरानो फोटो, बुद्दको फोटो, पुस्तक, कोदोको रक्सि  आदि इत्यादि सामग्री हरुथिए सबै भन्दा हाई कस्ट  ५० बाट सुरु भएको ६५० मा  गोर्खा संग सम्बन्धित पुरानो फोटो बिक्रि भएको हो । यो फोटो मेजर चक्र बहादुर खत्रीले स्पोन्सर गरेका हुन् र   पृथ्वी राईले किनेकाहुन ।

सँस्थाको साँस्कृतिक बिभाग प्रमुख गायक तारा लक्सम  ( दोस्रो नपाली तारा २०६४ उप बिजेता ) , मकर बहादुर योंजन ( द भ्वाइस अफ नेपाल सिजन ५ उप बिजेता ) तयाहाङ्मा राई, कला  चेम्जोङ, सन्दिप घले, रीतिका केरुङ/उमंग गुरुङ ‘गितार’ आदि गायक गायिकाको  मिठो गीत प्रस्तुत  थिएभने, मोडेल दिपा लिम्बू र अन्जना लिम्बुको  आकर्षक नृत्य प्रस्तुत गरेकाथिए  ।

प्रमुख अतिथि कियाचु युके के. अध्यक्ष कमला लिम्बु,  बिशेस अतिथि अध्यक्ष  एनआरएन युके आदिको मन्तब्य पछी अध्यक्ष शान्ति लिम्बुले कार्यक्रम सफलपार्न सहयोग गर्ने  सम्पूर्ण हातहरुलाई धन्यबाद दिदै पहिलो चरणको कार्यक्रमलाई बिट मारिन  ।

कार्याक्रमलाई  संचालन महासचिव लाहाङ चेम्जोङ र  पारु राइले गरेका हुन्  ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार