डम्मर सिंगक
आस्पोट केन्ट युके ।
नेपाली घर जग्गा खरिद सहयोगार्थ ‘च्यारिटी डिनर नाइट ८ फेब्रुअरी २०२५ आश्फोर्ड सेण्ट साईमन हलमा सम्पन्न भएको छ ।
यस कार्यक्रम का प्रमुख अथिती आश्फोर्ड बर काउन्सिलका मेयर लिन्जी सडार्ड्स, बिसेस अथिती आश्फोर्ड का एम पि सोजान जोसेफ र संस्थाका अध्यक्ष डम्मर लिम्बुको बाहुलीबाट दिप प्रजलन गरि कार्यक्रमलाई उदघाटन गरे लगतै नेपाली र अग्रेजी रास्ट्रिय गीत बजाई पहिलो चरणको औपचारिक कार्यक्रमको सुरुवात् गरेका हुन् ।
महासचिव राम प्रसाद लिम्बु द्वारा स्वास्थ र सुरक्षा सम्बन्धि जानकारी गराइएको थियो, चिफ भाईस एबम कार्यक्रम संयोजक मोहन लिम्बुले मन्तब्य मार्फत उपस्थित सम्पूर्णलाई स्वागतगरेका हुन भने घर जग्गा खरिद उप समितिका सचिव पोपिराज राई ले ‘च्यारिटी डिनर नाइट कार्यक्रम गर्नुको उदेस्यलाई प्रस्टपारिसकेपछी वेटर हरुले स्टार्टर सर्भ गरेका थिए।
औपचारिक कार्यक्रममा रास्ट्रपती को बाहुली बाट जन सेवा पदक ले बिभुसित, नेपाली चलचित्र क्षेत्रका एक चर्चित निर्देशक मिलन चाम्स आफ्नो पछिल्लो चलचित्र ‘अञ्जिला’ लिएर बेलायत आइपुगेका बेला वहाँले समाजमा पुर्याएको योगदानको कदर गर्दै संस्थाका अध्यक्ष डम्मर सिंगक बाट खदा, प्रमुख अथिती लिन्जी सोडार्डस बाट टोपी र बिसेस अथिती सोजान जोसेफ एम पि बाट सम्मान पत्र ग्रहण गरेका थिए।
त्यसैगरी प्रत्येक कार्यसमितिले आफ्नो कार्यकालको दौडानमा सवैभन्दा धेरै भौतिक सहयोग गर्ने एकजना ब्यक्तिलाई वहाको योगदानलाई कदर गर्दै वजाहांग सम्बाहाम्फेलाई सम्मान गर्ने क्रममा फेरी संस्थाका अध्यक्ष डम्मर सिंगक बाट खदा, प्रमुख अथिती लिन्जी सोडार्डस बाट टोपी र बिसेस अथिती सोजान जोसेफ एम पि बाट सम्मान पत्र ग्रहण गरेका थिए।
आश्फोर्डमा नेपाली घर जग्गा खरिद गर्ने हेतुले इस्वी सम्बत २०११ देखी परियोजना सुरुवात भएयता २०१५ सालमा पहिलो पटक सुरु भएको कार्यक्रम अध्यक्ष डम्मर लिम्बुको कार्यकालमा ‘च्यारिटी डिनर नाइट’ सोचेकोभन्दा धेरै भव्यताकासाथ् सम्पन्न भएकोकुरा आश्फोर्ड बासी नेपालिहरु बताउछन ।
वरिस्ठ उपाध्यक्ष मोहन लिम्बुको संयोजकत्वमा रहेको यस च्यारिटी कार्यक्रमबाट संकलित रकम आश्फोर्डबासी नेपाली हरुको घर जग्गा खरिद समिती को अकाउण्टमा जाने छ ।
उपाध्यक्ष चिरन साम्पाङ र युवा कार्यसमिती का अध्यक्ष सिखर लिम्बुले अक्सन कार्यक्रम संचालन गरेका हुन्, बिभिन्न व्यक्तिहरुबाट प्रायोजन गरिएको सामानहरु मध्ये आखी झ्याल बाट सुरु भएको अक्सन खुकुरी रम, केस वाईन, केश सेम्पेन हुँदै बिभिन्न किसिमका डिस्प्ले र फाईटिङ खुकुरी आदि इत्यादि सामग्री हरुथिए भने सबै भन्दा हाई कस्ट ५० बाट सुरु भएको २६५ मा नेपाल र गोर्खा नेपाली संग सम्बन्धित आधुनिक खुकुरी बिक्रि भएको हो । यो खुकुरी कार्यक्रम संयोजक मोहन लिम्बुले स्पोन्सर गरेका हुन र डाक्टर पारुल श्रेष्ठ ले जितेकाहुन ।
सँस्थाको साँस्कृतिक बिभाग प्रमुख ओम मगर को नेतृत्वमा युवा कार्यसमिती सिखर लिम्बु को सन्चालनमा गायक पर्वत राईको मिठो गीत प्रस्तुत गरेका थिए भने पुजा पुन, सुशिला मगर, इन्दिरा थापा, युवा थापा, प्रसुन राना, निक्षन गुरुङ, नेस्टा लिम्बु, मासेमी लिम्बु, रियोना लिम्बु, इक्षा शाहि, सलिना राई, बिक्युविन राई ले आकर्षक नृत्य प्रस्तुत गरेकाथिए भने सुसाङ गुरुङ, चोगेन शेर्पा, गणेश जङ राई, मिसेक लिम्बु, निराज गुरुङ, सायाहाङ राई ले गोर्खालिको परम्परागत नृत्य खुकुरी डान्स प्रस्तुत गरेका थिए। ।
साँस्कृतिक कार्यक्रम र अक्सन समग्रहमा सन्चालन गरिएको हुन् ।