सुक तुम्रोक लन्डन ।




सुक तुम्रोक लन्डन ।
गत सनिवार मे ३ मे २०२५ लन्डनको हन्स्लोस्थित क्रान्फोर्ड कलेज को खेलमैदान मा पाँचथर कप सम्पन्न भएको हो । नाइन ए साइडको फुटबल प्रतियोगिताको फाइनल राउन्ड मा क्युजि सिग्नल्सलाई ०-१ गोलले पराजित गर्दै बिवाईएनसिले उपाधी हात पारेका हुन । उक्त मेन टिममा बिवाईएनसिको राहुल लिम्बुले बेस्टस्कोर गरेका थिएभने रोनाल्ड राई उत्कृष्ट खेलाडी घोषित भएका थिए । बिजेता टिमले £1200 (१२ सय ) पाउण्ड नगद को साथमा ट्रफी र इन्डिभिजल ट्रफी प्राप्त गरेकाथिए ।
समुर्ण बिजयेता समुहलाई कप, नगद प्रदान गरिएको थियो भने सबै बिजयी खेलाडी हरुलाई ट्रफी प्रदान गरिएको थियो। उपबिजेता हरुलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।
१२औं पाँचथर कप प्रतियोगिता का प्रमुख अतिथी नेम्बाङ समाज युके का अध्यक्ष मोहन नेम्बाङ ज्यु लाई केलाङ द्वारा खेल मैदान मा स्वागत गरे लगतै पाससे युके को अध्यक्ष शान्ति लिम्बुले सयुक्त रुपमा दिप प्रजलन गरि औपचारिक कार्यक्रमलाई उदघाटन गरेका हुन । स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले दिएका थिए ।
अध्यक्ष शान्ती लिम्बुको अध्यक्षता रहेको फुटबल प्रतिगोगिता को औपचारिक कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासङ युकेका अध्यक्ष मेजर रिटायर्ड योजेश राई, तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङ, कियाचु युकेको अध्यक्ष कमला लिम्बू, नायिका सृजना सुब्बा लगायत विभिन्न सङ्सस्था का ब्यक्तित्व हरुको आतिथ्य रहेको कार्यक्रमलाई संचालन सस्थाका महासचिव लाहाङ चेम्जोङ गरेकाथिए ।