पाँचथर समाज सेवा युकेको १२औं पाँचथर कप बिवाईएनसिको हातमा

सुक तुम्रोक लन्डन ।

 गत सनिवार मे ३ मे २०२५ लन्डनको हन्स्लोस्थित क्रान्फोर्ड कलेज को खेलमैदान मा पाँचथर कप सम्पन्न भएको हो । नाइन ए साइडको फुटबल प्रतियोगिताको फाइनल राउन्ड मा क्युजि सिग्नल्सलाई ०-१ गोलले पराजित गर्दै बिवाईएनसिले उपाधी हात पारेका हुन । उक्त मेन टिममा बिवाईएनसिको राहुल लिम्बुले बेस्टस्कोर गरेका थिएभने रोनाल्ड राई उत्कृष्ट खेलाडी घोषित भएका थिए । बिजेता टिमले £1200 (१२ सय ) पाउण्ड नगद को साथमा ट्रफी र इन्डिभिजल ट्रफी प्राप्त गरेकाथिए ।

तीन समुह मा जम्मा 33 टिम प्रतियोगी रहेका थिए, मुख्य टिम भेटेरेन र सुपर भेटेरेन टिम, सुपर भेटेरेन टिममा ईलाम एफसिलाई १-० गोल गरि स्यान्डहर्ट एफसी बिजयी बनेकाहुन । विशाल राई ईलाम एफसि बाट टप स्कोरर र हेमकर्ण राई उत्कृष्ट खेलाडी बने । भेटरेन समुहमा ईलाम एफसिलाई २-१ गोलगरी धरान ११ बिजय, धरान ११ को सुवर्ण लिम्बू टप स्कोरर र सोही समुहबाट खेम पुन उत्कृष्ट खेलाडी घोषित भए ।

समुर्ण बिजयेता समुहलाई कप, नगद प्रदान गरिएको थियो भने सबै बिजयी खेलाडी हरुलाई ट्रफी प्रदान गरिएको थियो। उपबिजेता हरुलाई नगद र ट्रफी प्रदान गरिएको थियो ।

विजयी टिम प्रथम १२ सय पाउन्ड र ट्रफी , रनरअपले ट्रफी र ६०० पाउन्ड, भेट्रान का बिजेताले ट्रफी ८०० पाउन्ड, भेट्रान रनर अप ट्रफी र ५०० पाउन्ड, सुपर भेट्रान ट्रफी र ६०० पाउन्ड र रनर अप ट्रफी र ४०० पाउन्ड र पुरस्कार हातपारेका हुन। मुख्य समूह अत्याधिक स्कोरको पुरस्कार सस्थापक महासचिव स्व: प्रेम प्रकाश नेम्बाङको सम्मान तथा स्मृति को लागि सस्थाबाटनै प्रदान गरिदै आएको अध्यक्ष शान्ती लिम्बुले बताईन ।

१२औं पाँचथर कप प्रतियोगिता का प्रमुख अतिथी नेम्बाङ समाज युके का अध्यक्ष मोहन नेम्बाङ ज्यु लाई केलाङ द्वारा खेल मैदान मा स्वागत गरे लगतै पाससे युके को अध्यक्ष शान्ति लिम्बुले  सयुक्त रुपमा दिप प्रजलन गरि औपचारिक कार्यक्रमलाई उदघाटन गरेका हुन । स्वागत मन्तब्य वरिष्ठ उपाध्यक्ष नगेन्द्रराज नेम्बाङले दिएका थिए ।

अध्यक्ष शान्ती लिम्बुको अध्यक्षता रहेको फुटबल प्रतिगोगिता को औपचारिक कार्यक्रम मा नेपाल आदिवासी जनजाति महासङ युकेका अध्यक्ष मेजर रिटायर्ड योजेश राई, तमुधी युकेका अध्यक्ष जुमकाजी गुरुङ, कियाचु युकेको अध्यक्ष कमला लिम्बू, नायिका सृजना सुब्बा लगायत विभिन्न सङ्सस्था का ब्यक्तित्व हरुको आतिथ्य रहेको कार्यक्रमलाई संचालन सस्थाका महासचिव लाहाङ चेम्जोङ गरेकाथिए ।

१२औ पाँचथर कप प्रतियोगिता को मुख्य सम्योजक प्रताप तामाङ र सह सम्योजक सन्देश नेम्बाङ हुन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार