हनी ट्रयापमा सरकारी कर्मचारी, काठमाडौंमा घर-जग्गा बार्गेनिङ…..

काठमाडौं –     गत चैतमा अन्दाजी ५५/५६ वर्षका एक सरकारी कर्मचारीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट आउँछ । युवतीको सुन्दर तस्विर भएको ‘टिकटक गर्ल’ नामको उक्त रिक्वेस्ट ती कर्मचारीले केहीबेरमै एक्सेप्ट गर्छन् । फेसबुकमा साथी बनेको एक सातासम्म दुवैतर्फबाट कुनै हाई-हेल्लो केही हुँदैन । एक सातापछि ‘टिकटक गर्ल’बाट म्यासेज आउँछ- हाई । सरकारी कर्मचारीले तुरुन्तै जवाफ फर्काउँछन्- हेल्लो । हाई-हेल्लोबाट सुरु भएको उनीहरूको गफगाफ अन्तरंग कुराकानीसम्म पुग्छ । पहिला सामान्य परिचय गरेर म्यासेन्जर गफिन थालेका उनीहरू एकअर्कामा आकर्षित हुन्छन् । गफगाफ भएको एक हप्तापछि ‘टिकटक गर्ल’ले ठमेलमा भेटेर कफी पिउने प्रस्ताव राख्छिन् । युवतीबाट कफी पिउने प्रस्ताव आएपछि ती सरकारी कर्मचारीले सहमति जनाउँछन् । गफगाफ भएको एक सातापछि उनीहरूको ठमेलमा भेट हुन्छ । फेसबुकमा ‘टिकटक गर्ल’ नाम गरेकी युवतीको तर्फबाट दुई जना ठमेल आउँछन् । ती सरकारी कर्मचारी पनि ठमेल पुग्छन् । पहिलो भेटमा उनीहरू कफी खाएर छुट्टिन्छन् । यसको एक सातापछि फेरि ‘टिकटक गर्ल’बाट ठमेलमा खानपिन गर्ने प्रस्ताव आउँछ । यो प्रस्ताव ती कर्मचारीले स्वीकार्छन् र ठमेल पुग्छन् । यो मध्य वैशाखको घटना हो । ठमेलको एक रेष्टुरेन्टमा उनीहरूको खानपिन सुरु हुन्छ । तीनैजनाले मदिरा पिउँछन् । तर ‘टिकटक गर्ल’ बनेर आएका दुई युवतीले थोरै मात्र मदिरा पिउँछन् र सरकारी कर्मचारीलाई सर्भ गरिरहन्छन् । पिउँदापिउँदै सरकारी कर्मचारी अचेत भइसकेका हुन्छन् । पछि ब्युझिँदा उनले रेष्टुरेन्टको कोठामा आफूलाई मात्र पाउँछन् । नसाले छाड्न थालेपछि ती सरकारी कर्मचारी आफ्नो घर फर्कन्छन् । पूर्ववत रूपमा ती सरकारी कर्मचारी आफ्नो कार्यालय जाने-आउने गरिरहेकै थिए । तर ठमेलमा मदिरा सेवन गरेर अचेत भएको करिब १० दिनपछि अर्को नयाँ आईडीबाट फेसबुकमा रिक्वेस्ट आउँछ । ती सरकारी कर्मचारीले पहिलाकै जस्तो असेप्ट गर्छन् । साथी बनाए लगत्तै सरकारी कर्मचारीको म्यासेन्जरमा भिडिओ, फोटो सहितको म्यासेज आउँछ । त्यसपछि भने उनी १० दिनअघिको ठमेलको घटनामा पुग्छन् ।साभार : अखप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार