आस्फोर्ड ।
आगामि ३१ मे २०२५, शनिवारका दिन नेपाली समाज आस्फोर्ड केन्टको साझा संस्थाको रुपमा स्थापना भएको ‘सगरमाथा गोर्खा नेपाली समाज’ आस्फोर्ड केन्टको ११ आँै महाधिवेशन हुने भएको छ । संस्थाका अध्यक्ष डम्बर सिंगक लिम्बुले हरेक २ बर्षमा हुने महाधिवेशन ३१ मे शनिवारका दिन आस्फोर्ड केन्टमा रहेको साइमन सभाहलमा विभिन्न सामाजिक संघ, संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भब्य र सभ्य रुपमा सम्पन्न हुने, साथै यो महाधिवेशनसँगै युवा कम्युनिटी र महिला कम्युनिटीहरुको समिति चयन हुने जानकारी दिएका छन् ।नैतिक अनुशासनलाई प्राथमिकतामा राख्दै आउँदो युवा पुस्ताहरुको आकांक्षा, भावना र नेपाली समुदायलाई आवश्यक पर्ने आवश्यकीय गुण र खुराकलाई मध्यनजर गर्दै शिक्षा, स्वास्थ्य, खेलकुद, सांस्कृतिक विकास सामाजिक, सद्भाव, भाईचारा, तथा आर्थिक उन्नति, ब्यक्तित्व बिकास, युथहरुलाई कसरी कुलतबाट अलग गराउने भन्ने जनचेतनामूलक शिक्षा र समसामयिक क्रियाकलापहरु निरन्तर गर्दै आएको र संस्थाको लक्ष्य, उद्देश्य यही भएको अध्यक्ष डम्बर सिंगक लिम्बूले बताएका छन् । यस्ता कार्य गतिविधिले आउँदो पुस्तामा भाषिक, धार्मिक, सांस्कृतिक, हस्तान्तरणको विकास हुनका साथै नेपालीपनको, सामाजिक परम्पराको दर्बिलो विकास र निरन्तर उत्थानमा ठूलो टेवा पुग्ने देखिन्छ ।

सन् २००४ सालमा स्थापना भएको यस सगरमाथा गोर्खा नेपाली समाज आस्फोर्ड केन्टले आफ्नो साझा भवन निमार्णका लागि जग्गा समेत खरिद गरेको छ ।
भने स्थानीय समुदाय र स्थानीय सरकारसंग समन्वय गर्दै सन् २००९ साल देखि हरेक बर्ष यस संस्थाले नेपालीहरुको बाक्लो उपस्थितिमा नगर, शहर, पार्क जस्ता ठाउँमा सरसफाईको अभियान चलाउँदै आएको छ । यस संस्थाले लामो समयदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, भाषिक सद्भाव कायम गर्दै सामाजिक क्षेत्रमा अब्बल सेवा पु¥याउँदै आएको छ । बाढी, पहिरो, आगो लागि, बिरामी पीडितहरुलाई आर्थिक डोनेसन गर्नुका साथै असाहय, अनाथहरुलाई खाद्य तथा लत्ता कपडा जस्ता आवश्यकीय बस्तुहरु हरेक बर्ष सहयोग संकलन गरेर विभिन्न क्षेत्रका पीडितहरुलाई सहयोग दान गर्दै आएको जानकारी दिए ।












