२३औ गोर्खा कप मेनतर्फ नेपाली ड्रिम, भेटेरानतर्फ हिमालयन र महिलातर्फ रन्डर बोल्टलाई सफलता

२६ मे २०२५, अल्डरसट ।

यस वर्ष गोर्खा कप मेनतर्फ नेपाली ड्रिम टिम, भेटेरानतर्फ हिमालयन एफसी र महिलातर्फ रन्डर बोल्ट एफसी विजयी भएका छन् । अल्डरसटको क्विन्स एभिन्यु मैदानमा भएको गोर्खा कपको २३औँ संस्करणको फाइनलमा गुरुजी इलियटलाई ड्रिमले, इन्टेक २००० लाई भेटेरान हिमालयन एफसीले र महिला तर्फ तामाङ समाज युकेलाई महिलातर्फ रन्डर बोल्ट एफसीले स्तब्ध पार्दै उपाधि जितेको हो । मेन टिमको वेस्ट म्यानेजर नेपाली ड्रिमका सक्थिम चेम्जोङ, वेस्ट प्लेयरमा नेपाली ड्रिमकै इश्वर गुरुङ तथा टप स्कोरर गुरुजी इलियटका रोबेल नाल्बो घोषित भए । उपाधिसँगै नेपाली ड्रिमले ३ हजार पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता गुरुजी इलियटले १ हजार ८०० पाउन्ड, ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।

‘फुटबल लेजेन्ड अफ गोर्खा कप’को उपाधि लोकप्रसाद चेम्जोङ धनकुटेले प्राप्त गरेका थिए । यो उपाधि तमु धींले पहिलो पटक प्रदान गरेको हो । यस वर्षको गोर्खा कपमा मेनतर्फ ३२ टिम सहभागि थिए । भेटेरानतर्फ वेस्ट म्यानेजर हिमालयन एफसीका कुमार थापा, टप स्कोररमा डा. सन्दिप गुरुङ र वेस्ट प्लेयर खुम गुरुङ घोषित भए । भेटेरानतर्फ हिमालयन एफसी विजेता र इन्टेक २००० उपविजेता बने ।

यसमा विजेताले १ हजार ५०० पाउन्ड र उपविजेताले १ हजार पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । भेटेरानतर्फ १६ टिम सहभागि भएका थिए । महिलाको वेस्ट प्लेयर गरिमा राई घोषित भइन् । महिलातर्फ रन्डर बोल्ट एफसी विजेता र तामाङ समाज यूके उपविजेता बने । विजेता र उपविजेताले क्रमशः ६०० र ४०० पाउन्डसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरे । महिलातर्फ दुई गरी ५० टिम सहभागी भएका थिए ।

विजेता, उपविजेता टिम, खेलाडी र मेनेजरलाई आयोजक तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ, प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरे, रसमुर बोरो काउन्सिलका मेयर, प्रायोजक, फुटबल खेलाडी सावित्रा भण्डारी साम्बा र गोरख घलेले वितरण गरेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार