जून ५, आस्फोर्ड केन्ट।बेलायतमा डम्बर सिङ्गक सम्मानित भएका छन् ।
गत शनिबार ३१ मे, २०२५ का दिन नेपाली समाज आस्फोर्ड केन्ट साझा संस्थाको रुपमा स्थापना भएको ‘सगरमाथा गोर्खा नेपाली समाज’ को ११ आँ महाधिवेशनको अवसरमा समाजसेवी डम्मर सिंगक लिम्बू सम्मानित भएका छन् । समाजसेवामा लामो समय सक्रिय, ब्रीगेड अफ गोर्खाजमा कार्यरत रहँदा सन् १९९३ सालमा ७ गोर्खा राईफल्सका तेह्रथुमेहरुको चर्च क्रुखाममा बार्षिक भेला हँदा संयोजकको भूमिका निर्वाह गरेदेखि, २००४ सालमा सगरमाथा गोर्खा नेपाली समाजको स्थापनादेखि उनले संस्थापक कोषाध्यक्षदेखि लिएर महासचिव, उपाध्यक्ष, प्रथम उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षको कार्यकाल पूरा गरेका हुन् । २०१६ मा महासचिवको पद रिक्त भएपछि महाधिवेशनको प्रस्ताव नकार्न नसकी सातौं महाअधिवेशनबाट संस्थाको महासचिवदेखि फेरि सुरु भएर माथिको प्रत्येक पदहरु सम्हाल्दै आए । उनले यस अवधिमा किरात याक्थुङ चुम्लुङ यूकेको महत्वपूर्ण पदहरु सम्हाल्दै नेतृत्वसम्मको कार्यभार सम्हाल्ने अवसर प्राप्त गरेका थिए ।

सिङ्गक आर्मी जीवन बाट अवकाश पछी सामाजिक संघ सस्थामा आवद् भएर समाजिक कार्य गरेको ३२औ वर्षमा अवकाश लिने निर्णयमा पुग्दा आफु सम्मानित हुन् पाउदा ज्यादै खुशी भएको कुरा व्यक्त गर्नु भएको छ । यो सम्मान सस्थाका सस्थापक अध्यक्ष देखि हालसम्मका अध्यक्ष हरुले सयुक्त रुपमा प्रदान गरेकाहुन ।












