सगरमाथा गोर्खा  नेपाली समाज आस्फोर्ड केन्टको अध्यक्षमा मोहन लिम्बू

जून ७ आस्फोर्ड ।

           नेपाली समाज आस्फोर्ड केन्ट साझा संस्थाको रुपमा स्थापना भएको ‘सगरमाथा गोर्खा नेप्लिज कम्युनिटी’ ११ आँ महाधिवेशनले मोहन लिम्बूको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको  छ ।

गत  ३१ मे २०२५ ‘सगोनेक’ आसपोटमा  सम्पन्न महाधिवेशनको ३ जना निर्वाचन मण्डल  सदस्यहरु अध्यक्ष कप्रसाद छन्त्याल, सचिब श्री तेम्बे लिम्बु र  माला राई  द्वारा बिभिन्न छलफल पछी पारित  नयाँ कार्यसमिति को नामावली घोसना गरेको हो ।

नव निर्वाचित कार्यसमिति हरुको नामावली यस प्रकार छ  ।

अध्यक्ष मोहन लिम्बु उपाध्यक्षहरुमा प्रमुख उपाध्यक्ष चीरन राई, उपाध्यक्ष विमला लिम्बु, मीलन चन्द्र राई, उमादेवी गुरुङ, उत्तर मगर, महा सचिव रामप्रसाद लिम्बू, सचिव देवान लावती, सह सचिव शिखर लिम्बू, सांस्कृतिक सचिव ओम मगर, सांस्कृतिक सह सचिव पर्वत राई, मालती लिम्बू, धन सचिव कुलप्रसाद थाम्सुहाङ, समुदाय सम्पर्क सचिव दलिन्द्र केसी, सह समुदाय सम्पर्क सचिव आङ गेलु शेर्पा, सञ्चार सहसचिव विजय श्रेष्ठ, खेलकुद सचिव पदम योङहाङ, सह खेलकुद सचिव रविन परियार कोषाध्यक्ष कमल राई, सह कोषाध्यक्षमा गुमान लिम्बू निर्वाचित भएका छन् ।

             त्यसैगरी, सदस्यहरुमा क्रमशः अमृत गुरुङ, अर्जुन कुमार लिम्बू, भुवन गुरुङ, गंगाराज राई, जीव पाण्डे, झलक लिम्बू, माला राई, नारायण लिम्बू, पारुहाङ राई, श्रदा पुन, सिवानी राई र सिला श्रेष्ठ रहेका छन् ।

         त्यसैगरी, महिला बिभाग अध्यक्ष प्रेमकुमारी गुरुङ, महिला प्रमुख उपाध्यक्ष रोमा परियार, उपाध्यक्ष कल्पना राई, सचिव तारादेवी गुरुङ, कोषध्यक्ष रिञ्जिला तुम्रोक, सह कोषाध्यक्ष एरोरा घले र  राधा लोप्चन, सांस्कृतिक सचिव सेलिना राई, सह सांस्कृतिक सचिव राधा ठकुरी राई, सञ्चार सचिव मधु घले, सदस्यहरुमा क्रमशः विन्दुवाला सुब्बा, शशीकला गुरुङ, हेमा लिम्बू, माक्सती ओख्राबु, निर्मला राई, जया राई, गीता राई, रेविका जिमी, बुना मगर, मीना कार्की, रेवन्ती देवान, सुमा राई, सविता राई, प्रमिला मादेन, देविका लिम्बू, एलिसा राई, रीता लिम्बू, पविता गोले, आशा मादेन, माला तावा, शान्ती लिम्बू, देवी माया गुरुङ, नीमा लामा, सपना राई र यमुना लिम्बू रहेका छन् ।

          त्यसैगरी युवा अध्यक्ष सुरेन्द्र लिम्बू, उपाध्यक्ष योगेन्द्र तावा, सचिव योगी गुरुङ, कोषाध्यक्ष पूर्ण साम्पाङ राई, सह कोषाध्यक्ष कामना राई, सह कोषाध्यक्ष सुमिक लिम्बू, युवा मनोरञ्जन सचिव मिक्की लिम्बू, युवा खेलकुद सचिव सञ्जु थकाली, सदस्यहरुमा क्रमशः शैना लक्ष्मी गुरुङ, करिश्मा राई, मुघाधन तामाङ, भीमप्रसाद राई, नवीन्द्र आङबुहाङ, सारा ओख्रबु, याम्फु राई र मिक्सा हाङमा लिम्बु रहेका छन् ।

        महाधिवेशनले संस्थागत प्रतिवेदनहरुमाथि छलफल गरी समसामयिक प्रस्ताव सार्वजानिक गरेको छ । सहसचिब डम्बर खापुङले वाचन गरेको सांठानिक प्रतिवेदन र सहकोषाध्यक्ष सन्त फावेनले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन माथि सघन छलफल पछि पास गरिएको छ ।

        २२औ वर्षको  समय सम्म समाजप्रति दिएको योगदानलाई मध्य नजर गर्दै समाजसेवी डम्मर सिंगक लिम्बूलाई  सस्थाका सस्थापक देखि  पुर्व अध्यक्षहरुले लाइफ टाइम एचिभमेन्ट सम्मान पत्रले सम्मान  गरेको थियो ।

           सिंगक ले  आफ्नो मन्तब्यमा सस्था मा रहदा को तितामिठा भोगाई हरुलाई वर्णन गर्दै अन्त्यमा आफु कार्यकाल मा रहदा बिशेस सहयोग गर्ने सहयोगी  र सस्था भन्दा बाहिर रहेर सहयोग गर्ने सहयोगी Bagaicha.com प्रतिनिधि सुक तुम्रोक र भिडियो ग्राफर मेघराज मगराती  लाई बिषेस धन्यावाद स्वारुप प्रसंसा पत्रले  सम्मान गरिएको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार