माओवादीले भिजिट भिसामा अग्नि सापकोटा साटेकै हो ?…..

काठमाडौँ –       १३ जेठदेखि अवरुद्ध प्रतिनिधिसभाको बैठक सहज ढंगले सञ्चालन गर्ने उद्देश्यका साथ शुक्रबार सरकारको नेतृत्वकर्ता दल नेकपा एमाले र संसद्को प्रमुख विपक्षी माओवादी केन्द्रले २ बुँदे सहमति गरे । भिजिट भिसाका नाममा भएको भनिएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र यसबारे संसदीय छानबिन समिति गठनको मागबाट यूटर्न हुँदै माओवादी दुई बुँदे सहमति गर्न राजी भएको हो । उक्त सहमति सत्तापक्ष र विपक्षीकाबिच भएको भनिएको छ भने २ बुँदेमा सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौला र विपक्षी दलका तर्फबाट माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन्

यस्तो छ २ बुँदे सहमति:

१.  भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित विषयका सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । उक्त कार्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निष्कर्षमा पुरयाउने नै छ । उक्त विषयका सम्बन्धमा छानबिनका लागि आयोगले माग गरे बमोजिम नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

२‍. अध्यागमन र भिजिट भिसाको सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्न नेपाल सरकारले आवश्यक अध्ययन एवं छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका लागि उपयुक्त व्यवस्था गर्न ठोस पहल गर्ने प्रतिबद्धता नेपाल सरकारले व्यक्त गर्ने ।साभार : राप

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार