१ सेप्टेम्बर २०२५ युके ।
“पाँचथर जिल्ला जन्मिदा म १४ वर्ष पुगी सकेको थिए,त्यसैले म साच्चैकै पाँचथरे हो र र म
आफ्नो जिल्ला मा आफै प्रमुख अतिथि हुन् सक्दिन डा. नोबल किशोर राई”
पाँचथर समाज सेवा युकेको १६ औँ वार्षिक भेटघाट तथा सम्मान कार्यक्रम फार्नबोरो स्थित ग्रेन्ज स्कूलमा गत अगस्ट ३० तारिखमा भब्यताको साथ सम्पन्न भएको छ । पाँचथर समाज सेवा युकेको अध्यक्ष शान्ति लिम्बु र प्रमुख अतिथि पूर्व जर्मनी राजदूत, प्रा.डा. नोवल किशोर राईको बाहुलीबाट पानसमा दिप प्रज्वलन गरी नेपाल र युकेको राष्ट्रिय गीत बजाएर औपचारिक कार्यक्रमको उदघाट्न गरिएको थियो ।
सोही कार्यक्रममा समाजले आफ्नो अफिसियली वेब साइट hello@pssuk.org लाई उद्घाटन गरेको छ । विशेष अतिथिहरु क्रमशः आदिवासी जनजाति महासंघ युकेका अध्यक्ष योगेश कोयु राई, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिँका अध्यक्ष चीनकाजी गुरुङ, अतिथिहरुमा क्रमशः जोइन्ट डिसएवल युनिटी आवास सेन्टर नेपाल का अध्यक्ष सञ्चालक तिलबहादुर कार्की, किरात याक्थुङ चुम्लुङ अध्यक्ष कमला लिम्बू , बम प्रसाद गुरुङ, सन्त गुरुङ, बालशुक्र राई, शुक्र लिम्बू, टेकबीर राई,पत्रकार योगराज राई, गायक राजेस वर्देवा, गायिका निरन्ता नेम्बाङ, आरोसि मगर र निर्मला गुरुङ रहेका थिए । वार्षिक भेटघाट तथा सम्मान कार्यक्रममा बेलायतमा रहेका पाँचथरबासीले शिक्षा, साहित्य, खेलकुद, सामाजिक कार्य कुनै पनि पेसा व्यवसायमा वर्षभरिमा प्राप्त उपलब्धिका आधारमा व्यवसायी व्यक्तिहरुलाई सम्मान पत्रले सम्मान गर्दै आएको अध्यक्ष शान्ती लिम्बूले बताइन् ।
समाजले हरेक वर्ष वार्षिक कार्याक्रम मनाउदै आइरहेको छ, १५आँ वार्षिक कार्यक्रमबाट सुरु गरेको पाँचथर पुरुष एवार्ड को उपाधि यस वर्ष सुर्य गुरुङ ले पाएका छन । वर्तमान सल्लाहकार सुर्य गुरुङले समाजलाई अतुलनिय योगदान दिदै आइरहेकोले उहाँको योगदानलाई उच्च सम्मान गर्दै, उच्य कदर गर्दै यस पटकको पाँचथर अवार्ड प्रदान गरिएको हो।
पालाम लेखक गायक भक्ति आङदेम्बे, मोडल सन्देश नेम्वाङ र लेखक गायक मोडल खुशी तावालाई सम्मान गरिएको छ भने, शिक्षा तर्फ मेघा नेम्बाङ मास्टर डिग्री, मन्जु थाम्सुहाङ ( ACCA ) Association of Chartered Certified Acountance मिसेस अलिस्का कार्की सुन्दास BSC (Hons) Computing “Islington College Kathmandu London” 2025 , खेम्चिहाङ्मा वनेम फागो University of Southampton, BSc. Accounting and Finance with Employment Placement, सैलेजा माबो BSc in Economic and Finance From Queen Marry University London, आदर्श तावा ९ वर्ष बाल कथा लेखक”The Magic Map” म्यागेजिन मा आर्टिकल लेखेको हुनाले र कलाकारहरु दर्जन भन्दा बढी पुर्वेली लोकभाकाका गीत र दुई सय जति लिम्बू पालाम रेकर्डिङ गरिसकेका गायिका निरन्ता नेम्बाङ, आरोसी मगर, राजेस बर्देवा, गुमानसिङ लिम्बु, दिलिप लिम्बु र तिलबहादुर कार्कीलाई प्रसंसा पत्रले सम्मान गरिएको छ ।
उपस्थित महानुभावहरुलाई स्वागत स्वरुप बाल कलाकारहरु द्वारा नृत्य प्रदर्शन गरिएको थियो भने स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष नरेन्द्र नेम्बाङ्गले गरेका थिए । औपचारिक कार्यक्रम महासचिब लाहांग चेम्जोंग र सास्कृतिक कार्याक्रम पारु राईले संचालन गरेका थिए ।
प्रमुख अतिथि डा, नोबल किशोर राई, बिशेस अतिथि हरु आदिवाशी जनजाति महासंघ युकेका अध्यक योगेश कोयु राई, एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगर र तिलबहादुर कार्की को मंत्यब्य पछी समाज काअध्यक्ष शान्ती लिम्बूले सम्पूर्ण लाई सधन्यवाद दिदै औपचारिक कार्याक्रम समापन गरेकी थिइन् ।
र्याफल गिफ्ट स्पोन्सरहरुमा क्रमशः हरविन्द्रसिङ महेश्वरी लिम्बू, शान्ती लिम्बु, तारा लक्सम, दिपा लिम्बु, नन्द सुन्दास, नरु थाम्सुहाङ, मित्र राई, सूर्य केरुङ, दल योङ्या, भावना सिंगक चेम्जोङ, बद्री योङया, रस्मिता केरुङ, लक्ष्मीभक्त राई र लीला सेलिङ् माबो रहेका छन् ।
उपस्थित महानुभावहरुलाई स्वागत स्वरुप बाल कलाकारहरु द्वारा नृत्य प्रदर्शन गरिएको थियो भने स्वागत मन्तब्य बरिस्ठ उपाध्यक्ष नरेन्द्र नेम्बाङ्गले गरेका थिए ।












